इनरुवा /  धरान उपमहानगरका मेयर हर्क साम्पाङलाई सार्वजनिक सम्पत्ति तोडफोड गरेको अभियोगमा कारबाहीको माग गर्दै ध स्थानीयवासीहरुले जिल्ला प्रशासन कार्यालय सनुसरी घेराउ गरेका छन् ।  

 धरान उपमहानगरपालिका १३ का स्थानीयवासीहरु प्ल्कार्डसहित प्रशासन कार्यलय परिसरमा मंगलबार घेराउ गदैं धर्ना बसेका छन् । अमर बस्तीको खहरेखोला नियन्त्रण गर्न प्रदेश सरकारको बजेटबाट ग्याबिन वाल लगाइएको थियो । तर मेयर साम्पाङले आफुलाई जानकारी नदिई लगाएको र बस्ती जोखिम भएको भन्दैं केही दिन अघि नगर प्रहरी परिचालन गरि भत्काउनु भएको थियो । सोको विरुद्ध स्थानीय बासिन्दाले मेयर र नगर प्रहरी विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका थिए। प्रशासनले हालसम्म पनि उजुरीको कुनै सुनुवाई नगरे पछि  आज स्थानीयहरु धर्ना दिने पुगेको अमर बस्ती उपभोक्ता समितिका अध्यक्ष राजु राईले धर्नालाई सम्बोधन गदैं बताउनु भयो । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले दोषीमाथि कारबाही गर्न चासो नदिएको उहाँहरुको गुनोसो छ । उनीहरुले मेयर विरुद्ध चर्का नारावाजीसमेत गरेका थिए । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दालाई ग्याबिन वाल भत्काएको विषयमा छानबिन गरि दोषी उपर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । यता मेयर साम्पाङले भने खोला थुन्ने काम भएकाले भत्काएको बताउदैं आउनु भएको छ ।