इटहरी  /  इटहरीस्थित जनता माविले एसईई परीक्षामा फेल भएका मौका परीक्षा तयारीका लागि निशुल्क कक्षा संचालन गर्ने भएको छ । 

इटहरी उपमहाननगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयका विद्यार्थी उक्त सेवा दिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाललले जानकारी दिनु भयो । 

विद्यालयका प्रधानाध्यक पशुपति सिग्देलका अनुसार अनिर्वाय गणित, अग्रेजी, विज्ञान र ऐक्षिक गणित र अर्थशास्त्रा विषयमा कक्षा सुरु गरिएको बताउनु भयो । केही विषयको कक्षा सुरु भइसकेको र सबै विषयको कक्षा यही असार २३ ग त इतबारदेखि सुरु हुने प्रअ सिग्देलले जानकारी दिनु भयो । 

सामुदायिक विद्यालयका विद्यार्थीहरुको सौलियतका लागि निशुल्क तयारी कक्षा सुरु गरिएको विद्यालयले जनाएको छ ।  इटहरीस्थित जनता माविबाट ४२ जना विद्यार्थीहरु विशिष्ट श्रेणी रहित १२२ जना विद्यार्थीहरु एईई परीक्षामा पास हुन सफल भएका छन् ।  

नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने  जनता माविमा शिक्षा, मानविकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुदैं आएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो ।

५ वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६ वटा कोठामा विस्तार भएको छ । यस्तै ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा अहिले १४८ जना पुगेका छन् । विद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार ५ सय पुगेको हो ।  

कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयले जनाएको छ । अतिरिक्त शिक्षक र पढाईका लागि अभिभावकहरुले सयोग गदैं आउनु भएको अध्यक्ष दंगालले जानकारी दिनु भयो ।