धरान  / ‘‘उत्कृष्ट पठनपाठन र नतिजा, धरान आर्दश स्कुलको विशिष्टता’’भन्ने शैक्षिक उद्देश्य राखेर वि.स. २०६९ सालमा शैक्षिक क्षेत्रमा विशेष दक्षता भएका प्राध्यापकहरुले स्थापना गरेको एक शिक्षालय धरान आर्दश हो । यस धरान आदर्श स्कुलमा विगत ११ वर्षको इतिहासमा २ पटक कक्षा १२ को वार्षिक परीक्षामा र्बोडमा प्रथम हुने धरान नागरिको एक मात्र कलेजको रुपमा दरिएको छ । विद्यार्थीहरुको  क्षमता तथा मनोविज्ञान वुझेर विद्यार्थीहरुको लुकेको प्रतिभालाई प्रस्फुटन गराई शैक्षिक गतिविधिमा अब्बल नतिजा ल्याउन सफल धरानको एक मात्र कलेज हो धरान आदर्श ।


वि.सं २०७१ सालको वार्षिक परीक्षामा भेषराज राई विज्ञान संकायबाट वोर्डमा प्रथम हुन सफल हुनु भएको थियो । त्यसैगरि व्यवस्थापन संकायवाट मुना कोइराला २०७३ सालमा ८८% नतिजा सहित र्वोडमा प्रथम हुन सफल हुनु भयो । आजको मितिसम्म धरान नगरीका कुनै अन्य कलेजको विद्यार्थीहरु वोर्डमा प्रथम हुन सफल भएका छैनन् । त्यसैगरि वि.सं. २०८० सालमा विज्ञान संकायका अभिजन पौडेलले अमेरिकाको Evansville  यूनिभरसिटीमा २ करोड १० लाखको छात्रवृतिमा इञ्जिनियरिङ्ग संकायमा अध्ययन गरिरहेको र उक्त अमेरीकाको यूनिभरसिटीमा पनि प्रथम हुन सफल भएको जानकारी प्राप्त भएको छ । यो हामी धरानवासिहरुको लागि गौरवको विषय हो । धरान आर्दशले प्रत्येक बर्ष नयाँ रेकर्ड राख्दैं आएको छ ।


यस कलेजमा विज्ञान, व्यवस्थापन , होटल व्यवस्थपन , शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, पर्यटन तथा पर्वातोरण(Tourism and Mountaineering) आदि विषयहरु अध्यापन हुने जानकारी यस कलेजका प्राचार्य श्री लोकेन्द्र श्रेष्ठले दिनुभयो । त्यसैगरि यस कलेजमा ख्यातिप्राप्त पि.एच.डि. गरेका प्राध्यापकहरुले अध्यापन गराउने कुरा धरान आदर्श कलेजकी अध्यक्ष सुनिता नेउपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, धरान आर्दश कलेज धरान नगरीमा नै सवैभन्दा वढी विद्यार्थीहरु उत्तिर्ण गराउने कलेज हो । २०७९ सालको कक्षा १२ को बार्षिक परीक्षामा ३८३ विद्यार्थीहरु उत्तिर्ण भएको उहाँले जानकारी दिनुभयो । यस कलेजमा  विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बेग्ला बेग्लै भवनमा अध्यापन गराइन्छ ।

यस कलेजमा अब्बल तथा मेधावि विद्यार्थीहरुलाई विशेष छात्रवृतिको व्यवस्था गरिएको छ । त्यसैगरी खेलकुद , नृत्य , गायनको उच्कृष्ट विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था गरिएको छ । हिसान, एन प्याब्सन तथा राष्ट्रपति खेलकुद कार्यक्रममा यस धरान आर्दश कलेजका विद्यार्थीहरुले  उत्कृष्ट प्रदर्शन गरेर पुरस्कार प्राप्त गर्न सफल भएका छन् । यस वर्षको SEE singing Idol   को प्रतिस्पर्धामा यस धरान आर्दशकी कुसुम (क्यामरीन) माझी प्रथम हुनु भएको छ । त्यसैले यस धरान आदर्श कलेज उत्कृष्ट विद्यार्थीहरुको धरान नगरीमा पहिलो रोजाईको कलेज बन्न सफल भएको जानकारी यस कलेजका प्रचार्य श्री लोकेन्द्र श्रेष्ठले दिनुभयो ।   ADVT.