धरान  / बराह बचत तथा ऋण सहकारी संस्था संचालकहरुको मनमौजी र लापारवाहीले डुवे पछि बचतकर्ता मात्र होइन संकलन गर्नेहरुसमेत समस्यामा छन् । कतिपय त मानसिक रोगको सिकार भएका छन् । 

बचतकर्ताहरुको दवाव झेलिरहेका बेला ४० बर्षीय मेनुकादेवी धमला अर्को रोगले यति बेला विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियु कक्षमा उपचार भइरहेको छ । बराहकै कारण उहाँका श्रीमान नेत्रप्रसाद पहाडी मानसिक रोगको विरामी भई औषधी खाइरहनु भएको छ । 

श्रीमानलाई औषधी गदैं गर्दा मेनुका आफै अल्सरको समस्याले अस्पताल भर्ना हुनु परेपछि उहाँको परिवारलाई बज्रपात परेको छ । मेनुका बराह सहकारीमा बचत संकलन गदैं आउनु भएको थियो । यही कामबाट आएको पैसाले उहाँहरुको गर्जो टदैं आएको थियो । दुई छोराहरुलाई सामान्य सरकारी कलेजमा पढाउदैं आउनु भएको थियो । अभिभावकहरु नै विरामी भए पछि छोराहरुको पढाईमा समेत समस्या भएको छ । उहाँहरु सिन्दुपाल्चाेककाे खासाङबाट धरान १६ मा आएर भाडामा बस्दै आउनु भएकाे छ । 

मेनुका यति बेला अस्पताल भर्ना भए पछि उहाँको उपचार गर्न आर्थिक कठिनाई भएको छ । हालसम्म ऋण गरेर १ लाख ५० हजार सकियो । अझै उहाँ आइसियुबाट निकालिएको छैन् । औषधी, बेड चार्ज तथा उपचार खर्च अभाव भएको उहाँका परिवारले जानकारी दिनु भएको छ । 'मेनुकाको जीवन बचाउन उहाँका श्रीमान् नेत्रप्रसाद पहाडीले सबैसँग आग्रहसमेत गर्नु भएको छ । दुखमाथि झन दुख थपियो म आफै विरामी छु । श्रीमति झन विरामी भइन् । उपचारका लागि आफुसँग केही भएन् ।'- नेत्रप्रसादले भन्नु भयो । मेनुका २०७२ सालदेखि पेटको विरामीले समस्यामा हुनुहुन्थ्यो । यति बेला भने साह्रो पारेको उहाँका आफन्त प्रतिक ओझाले बताउनु भयो । उहाँले पनि सबैलाई सहयोगको अपिल गर्नु  भएको छ । सहयोग गर्न चाहाने दाताहरुलाई नेत्रप्रसाद पहाडीको नाममा एसविआई बैंकमा रहेको खाता नं. १९०१५२४१४०२९३१ अनुरोध गरिएको छ ।