धरान । वरिष्ठ लोक गायक तथा सारङ्गी बादक सुरेश गन्धर्व धरानमा लामो समय भाडाको घरमा बस्दैं आउनु भएको थियो । केही बर्ष अगाडी उहाँ विभिन्न रोगले पीडित भए पछि दाताहरुले केही रकम जुटाए । उहाँको समस्या देखेर धरान ८ नं. वडाध्यक्ष धनबहादुर राईले धरान ८ सभागृह मार्ग नमुना वस्तीमा सात धुर जग्गा उपलब्ध गराई दिनुभयो । त्यही जग्गामा दाताबाट उठेको रकम र केही ऋण गरेर  ओत छेक्ने घर बनेको छ । गन्धर्व यति बेला यही दाताले बनाई दिएको घरमा विरामी जीवन विताइ रहनुभएको छ । घर त बन्यो तर झ्याल ढोका नहुँदा पानी आउदा घर भित्र पसेर उहाँको परिवार हैरान थियो । 

सो समस्याबारे अवगत भए पछि मजदुर नेता भीमज्वाला राईको अगुवाईमा घरको लागि तीनवटा आल्मुनियमको झ्याल जुटेकोछ । २१ हजार लागत रहने झ्याल व्यक्तिहरुको सहयोगमा जुटेको हो । 

दुबै मृगौला फेल र मुटु रोगी हाल ७० वर्षिय गन्धर्वका  “रिङ्केबुङको राँगालाई चुङ्केबुङको चुलेसीले ९हाल रमेश प्रसाइले गाएका०” “वारी खोला पारि नि खोला बिचैमा पापी दोभान ९हाल उक्त गीत उदय मनिला सोताङले गाएका०”  बोलका चर्चित गीतका गायक हुन्, भोजपुरमा जन्मिएर भारतको कालेबुङ, दार्जिलिङ र २०४९ सालदेखि धरानलाई कर्मभूमि बनाएर गीत, संगीत क्षेत्रमा जीवन अर्पण गर्नु भएको थियो । 

दाताहरुको सहयोगमा निर्माण गरिएको घरको झ्याल आर्थिक अभावका कारण लगाउन नसकेको सुरेश गन्धर्वकी छोरी तारा गन्धर्वले मजदुर नेता राईलाई बताएपछि विभिन्न सहयोगदाताको सहयोगमा आल्मुनियम झ्यालको व्यवस्था गरिएको हो । 

झ्याल खरिदका लागि अमेरिकामा रहनुहुने रोहित अधिकारीले १० हजार र कलाकार दिपक आचार्य काकुले ५ हजार रुपैया सञ्चारकर्मी सन्तोष काफ्ले मार्फत पठाइ दिनुभएको छ । त्यस्तै न्यु धरान आल्मुनियमका प्रोप्राइटर भूपाल साम्पाङबाट प्राप्त ६ हजार रुपैया सहयोगमा झ्याल निर्माण गरि आइतबार फिटिङ गर्ने कार्यक्रम रहेको छ ।  

घरभीत्रका ४ वटा ढोकाहरु लगाउन नसकिएको, अस्थायी पानी र विजुली चलाइरहेका गन्धर्वको घर निर्माणका बेला लागेको करिव ३ लाख ऋण समेत तिर्न नसकिएको गन्धर्वकी छोरी ताराले बताउँनुभयो । 

घर बनाउँदा करिव ९ लाख खर्च भएको र बुवा विरामी हुँदा उपचारका लागि विभिन्न दाताहरु मार्फत सहयोग प्राप्त करिव चार पाँच लाख बचेको रकम र ऋण गरेर घर बनाइएको छोरी ताराले बताउँनुभयो ।

सुरेश गन्धर्व र छोरी ताराले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएकोछ भने घर निर्माण सम्पन्न गर्न थप सहयोगको अपिल गर्नुभएकोछ ।