इटहरी  / इटहरीस्थित जनता माविबाट ४२ जना विद्यार्थीहरु विशिष्ट श्रेणीमा एईई परीक्षामा पास हुन सफल भएका छन् । यो जिल्लाका सामुदायिक विद्यालयहरु भन्दा उच्च नतिजा भएको विद्यालयले दावी गरेको छ । 

विद्यालय व्प्यवस्थगापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार ३.ं६१ देखि ४जिपीए ल्ःयाउने विद्यार्थीको संख्या ४२, ३.२१ देखि ३.६ जिपीए ल्याएर पास गर्ने विद्यार्थीको संखया १२२ रहेको छ । विगत पाँच बर्षदेखि विद्यालयले उत्कृष्ट नतिजा ल्याउदैं आएको छ । विद्यालयमा हाल ३ हजार ५ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।  यस विद्यालयमा कक्षा १२ सम्म पढाइ हुदैं आएको छ । 

विद्यालयमा शिक्षा, मानविकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुदैं आएको विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिनु भयो ।

५ वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६ वटा कोठामा विस्तार भएको छ । यस्तै ३२ जना शिक्षकशिक्षिका तथा कर्मचारी रहेकोमा अहिले १४८ जना पुगेका छन् । विद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार ५ सय पुगेको हो ।  

नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ । कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयले जनाएको छ । अतिरिक्त शिक्षक र पढाईका लागि अभिभावकहरुले सयोग गदैं आउनु भएको अध्यक्ष दंगालले जानकारी दिनु भयो ।