धरान /  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औं स्थापना दिवसको अवसरमा धरान शाखाले धरानको भानुचोकमा आयोजित रक्तदान कार्यक्रममा १०६ पिण्ट रगत संकलन भएको छ । 

संघीका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा संकलन भएको १०६ पिण्ट रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धरानलाई जिम्मा लगाइएको  सगठनका केन्द्रीय सदस्य लक्षमी बाँनियाले जानकारी दिनु भयाे ।

रक्तदान कार्यक्रममा हातेमालो उद्यमी महिला समुह, लायन्स क्लब अफ धरान, कान्तिपुर सेक्युरिटी कम्पनी र नेपाल सुरक्षा श्रमिक ट्रेड यसनियन घोपा धरान, धरान बास्केटबल संघ, एम्स एकेडमी, प्रेस चौतारी नेपाल, भोजपुर सुनसरी सेवा समाजलगायत संघसंस्थाका प्रतिनीधिहरुको उत्साहपूण सहभागीता भएको संघका धरान शाखा अध्यक्ष किरण थापाले जानकारी दिनुभयो । 

देश भर आज विविध कार्यक्रमहरु गरेर स्थापना दिवस मनाइएको संगठनका केन्द्रीय अध्यक्ष राई ले जानकारी दिनुभयो । नेता राईसंगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको बताउनु भयो ।

संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जङ्गलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिगत रुपमा स्थापना भएको हो । संगठनले ४६ वर्ष प्रवेश गरेको अवसरमा संस्थापकहरु नेताहरुको योगदानको अध्यक्ष राईले स्मरण गर्नु भएको थियो ।

कार्यक्रममा सडक दुर्घटनामा चालकलाई हत्कडी लगाउने र कारागार पठाउने परम्परालाई तोड्न र संगठन गर्ने अधिकारका लागि अग्रजहरुले भूमिगत रुपमा संगठन स्थापना गरेर हाम्रो पुस्तालाई गुन लगाएको चर्चासमेत गरियो । 

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेश बस्नेत, नेकपा एमाले धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजंङ ऐभङ, मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनिया, जिफन्ट धरान अध्यक्ष शम्शेर बर्देवा, धरान ८ नं. वडाध्यक्ष धनबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।