धरान /  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयबाट गत जेठ १३ गते जारी गरेको शिक्षक सरुवा सम्बन्धि निर्देशिका २०८१ को केही बुँदाहरुमा असहमति जनाएको छ । 

सोमबार महासंघका प्रतिनीधहरुले शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान विरुद्ध असहमति जनाउदैं ठूला दलहरुका प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् । 

पछिल्लो समय सामुदायिक विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समितिहरुले नै उच्च बनाएको कुरा स्मरण गराउदैं ध्यानाकयर्षण गराएका हुन ।  

सामुदायिक विद्यलाय व्यवस्थापन समिति महासंघ र विद्यालय व्यवस्थापन समितिजस्ता सरोकारवाला निकायसँग कुनै छलफल समन्वय नगरि ल्याएको  मनगणन्ते निर्र्देशिका सामुदायिक विद्यालयहरु नै ध्यस्त पर्ने र गरिव नेपालीका छोरो छोरीलाई महंगो शुल्क तिरेर नीति विद्यालयतिर पढ्न बाध्य गराउने काम उचित नभएको महासंघका अध्यक्ष गुणराज मक्तानले हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । 

विद्यालय व्यवस्थापन समितिको सहमति विना शिक्षक सरुवाले विद्यालयहरुलाई असर पर्ने भएकाले निर्देशिक तत्काल सच्चाउन दवाव दिइएको महासंघका केन्द्रीय सचिव काशीनाथ दंगालले जानकारी दिनु भयो । समुदायलाई नै बाहिर राखेर विद्यालय चलाउने भन्ने कुरा दुखद हुने उहाँले बताउनु भयाे । सोमबार  नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपालगाय पार्टीका प्रमुुख सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको उहाँले बताउनु भयो । 

शिक्षा तथा स्वास्थ्य संसदीय समितिका संयोजक अमरबहादुर थापालाईसमेत भेटेर महासंघले ध्यानाकर्षण गराएको महासंघका प्रदेश सचिव हरि कार्कीले जानकारी दिनु भयो । निर्देशिका नसच्चाए देशभरका विद्यलाय व्यवस्थापन समिति र महासंघले आन्दोलन गर्ने उहाँले बताउनु भयो ।