मोरङ / मोरङको सुन्दरहरैँचामा अटिजम सम्बन्धी एक दिवसीय सचेतना तथा अन्तरक्रिया  कार्यक्रम सम्पन्न गरिएको छ । आमकास नेपाल मोरङको आयोजना र सिद्धार्थ माविको सहयोगमा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दरहरैँचा  १० स्थित सिद्धार्थ सिद्धार्थ माविको हलमा  भएको  कार्यक्रममा नगर भित्र रहेका  विभिन्न  संघरसंस्थाका प्रतिनिधि साथै अटिजम भएका बालबालिकाहरूको अभिभावकहरुको सहभागिता रहेको आमकास नेपाल मोरङकी अध्यक्ष उमादेवी सेढाइले जानकारी दिनु भयो । कार्यक्रममा प्रो अटिजम केयर सोसाइटीका अध्यक्ष निधिरत्न बास्तोला,बालरोग विशेज्ञ डा.सुमित् घिमिरे र  मीरा चुडालले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिका(  १२ न. वडाका वडाध्यक्ष रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य बविता खापुङ विशिष्ट आतिथ्यता रहनुभएको थियो । त्यसैगरी सिद्धार्थ मावि व्यवस्थापन समितिकी अध्यक्ष निलम ढुङ्गाना,सुन्दरहरैँचा भजन संजालकी अध्यक्ष गीता लम्साल,सुन्दरहरैँचाकी मनोविमर्श कर्ता सुशीला सुवेदी पाठकलगायतको उपस्थिति रहेको थियो । 

आमकास नेपाल मोरङकी अध्यक्ष उमा सेढाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  संस्थाकी उपाध्यक्ष राधिका खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने  सचिव ईन्दिरा प्रसाईले उद्घाटन कार्यक्रम संचालन गर्नु भएको थियो ।