धरान  / धरान बास्केटवल संघले नवौ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका सहभागीहरुलाई जर्सी प्रदान गरेको छ ।

धरान १६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा जेष्ठ १० गते देखि तिन हप्ते ट्रेनिङ्ग क्याम्प संपन्न भइरहेको छ । क्याम्पमा सहभागि ६५ जना विद्यार्थीहरुलाई जर्सी प्रदान गरिएको हो । उनहिरुलाई कार्यक्रमका प्रमूख अतिथि धरान उपमहानगर प्रमुख मेयर हर्कराज राई, धरान १८ न। वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेललगायतको उपस्थितिमा जर्सी हस्तान्तरण गरिएको हो । 

सहभागि विद्यार्थीहरुलाई कोशी प्रदेशका मूख्य प्रशिक्षक विकास चाम्लिङ राईको नेतृत्वमा राष्ट्रिय खेलाडी डा. आशा राई, आस्था राई, चिरन्जिवि गिरि, युगल लिम्वु, निवा लिम्वु, पारुहाङ चेम्जोङ र साहिल श्रेष्ठले प्रशिक्षण गराइरहनु भएको छ ।

 वाह् वर्ष अघि देखि सुरुवात गरिएको नवौ क्याम्पमा एसइर्इ दिएर वसेका विद्यार्थी र बास्केटवल सिक्न चाहने विद्यार्थीहरुले सहभागिता जनाएको छ । बास्केटवल खेलाडी उत्पादन तथा व्यावसायीक रुपमा बिकास गर्नका लागि ट्यालेन्ट हन्टको अयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सवेदीले जानकारी दिनुभएको छ । क्याम्पमा सहभागि एसइर्इ दिएर वसेका उत्कृष्ट खेलाडीलाई संघले धरानको उत्कृष्ट कलेजमा छत्रावृतmका लागि सिफारिस गरि अवसर प्रदान गरिने सुवेदिले वताउनु भयो । सुवेदीका अनुसार अहिले सम्म एक सय भन्दा वढि विद्यार्थीले संघको सिफारिसमा छात्रवृतmमा अध्यन गरिसकेको छ । कार्यक्रमका प्रमूख अतिथि मेयर हर्कराज राईले शिक्षा संगै अतिरिक्त क्रियाकलाप महत्वपुर्ण रहेको वतानु भयो ।