चैनपुर  / यहाँको बोधी जागृत महिला संस्थाले टोल विकास संस्था र स्थानीय तहका महिला जनप्रतिनीधिहरुको क्षमता अभिवृद्धिका लागि पाँच दिने वाक्कला तालिम सुरु गरेको छ । 

विहीबारदेखि सुरु भएको तालिममा चैनपुर नगरका विभिन्न संघ संस्थामा काम गर्ने तथा महिला जनप्रतिनीधिहरुको सहभागीता रहेको छ ।  टेवा संस्था धापासी काठमाडौको आर्थिक सहयोगमा संस्थाले २० जना महिलाहरुलाई बोल्ने कलासम्बन्धि तालिम दिएको संस्थाकी अध्यक्ष मनमाया तामाङले जानकारी दिनु भयो । महिलालाई आसन, भाषण र शासनमा सहभागीता गराउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । 

तालिमको सहजिकरण नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिव तथा प्रशिक्षक देवेन्द्र कार्कीले गर्नु भएको छ । तालिमको उद्घाटन चैनपुर नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रवती त्रिखत्रीले गर्नु भएको थियो । तालिममा बाेल्ने कला ,कार्यक्रम सञ्चालन गर्ने, प्रभावकारी रुपमा भाषण गर्ने चैनपुरमा महिलला जनप्रतिनीधिको क्षमता विकासका लागि वाक्कला तालिम सुरु लगायत विषयवस्तुहरु समेटिएकाे प्रशिक्षक कार्कीले जानकारी  दिनु  भयाे ।

तालिम सोमबारसम्म संचालन हुने संस्थाकी सचिव कमला श्रेष्ठले जानकारी दिनु भयो । यसअघि टेवा संस्थाको सहकार्य मै लैगिक सचेताना र संवेदनशीलताका लागि श्रीमान श्रीमतिहरुलाई तीन दिने पूर्वताजकी तालिमको आयोजना गरिएको सचिव श्रेष्ठले जानकारी दिनु भयो ।