इटहरी  / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुनसरी पार्टीको जिल्ला अधिवेशनमा जिल्लाका ठूला नेताहरुलाई खेलाडी होइन रेफ्री मात्र बन्न सुझाउनु भएको छ । 

नेकपा एमाले सुनसरीको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा शविनार उहाँले सर्वसम्मत नेतृत्व छनोट नभए प्रतिस्पर्धाबाट गर्न सुझाव दिनुभयो । प्रतिस्पर्धाबाट आएको परिणम परिणाम स्वीकार नगरेर नाकनुक गर्ने छुट नभएको बताउनु भएको छ । 

कार्यक्रममा नेकपा एमाले स्थायी समिति सदस्य भीम आचार्य, स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्ञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्री भगवती चौधरीको मन्तव्यमा छेडहानाहान र सुनसरीको पार्टीमा गुुट उपगुट, पार्टीमा छुरा चलाउनेहरु मौलाएको संकेत गर्नु भएको थियो । उहाँले सुनसरी पार्टी नेतृत्वको खराव आचरणका कारण पार्टीमा समस्या भएको संकेत गरे पछि मन्तव्यको क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा हुने अन्तरघात, असमझदारी, असहयोग तीन अ को समस्यालाई सही ढंगले नेतृत्वले समाधन गर्नु पर्ने बताउनु भएको थियो । तीनै समस्यालाई एउटै बास्टेकमा राख्नु हुदैंन । अन्तरघातलाई असहयोग, असहयोगलाई अन्र्तघात र अन्तघातलाई असमझदारीलाई बनाएर गन्ती गर्नेलाई जोगाउने काम गर्न कसैलाई छुट नभएको बताउनु भयो । सही ढंगले निर्णय गरे मात्र यि तीन चिज समाधन हुने उहाँको भनाई थियो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले जनसङ्गठनको किलाकाँटी कस्नुपर्नेसमेत उहाँले बताउनु भयो ।  अबको एमाले विकास निर्माणको च्याम्पियन बन्नुपर्ने उहाँको भनाइ छ ।

‘कहाँ बाटो बनाउने, कहाँ खानेपानी ल्याउने, कहाँ ज्येष्ठ नागरिकका लागि भवन बनाउने भन्ने योजना एमालेसँग हुनुपर्छ’, उहाँले भन्नुभयो ।  ‘अब एमाले विकासको नेतृत्व गर्ने हुनुपर्छ । हिजोको जेल बसेको कथा हालेर एमाले एमाले हुन सक्दैन । जनताले वर्तमानको योजना ल्याउन नसक्ने एमालेलाई विश्वास गर्दैनन् ।’

उहाँले वर्तमान गठबन्धन एमालेको मिसन ८४ भएको बुझेर त्यही अनुसार अगाडी बढ्न निर्देशनसमेत दिनु भएको छ ।