विराटनगर  / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रीपरिषदको कार्यविभाजन गर्नु भएको छ । 

कृषि, उद्योग तथा सहकारी मन्त्रालय आफै राख्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी रामबहादुर मगरलाई दिइएको छ । ३० स्वास्थ्य मन्त्रालयको जिम्मृवारी माओवादीबाट राजेन्द्र कार्कीले जिम्मेवारी पाउनु भएको छ । यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी एमालेका पाँचकर्ण राईले पाउनु भएको छ । यस्तै उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी  एकराज कार्कीले पाउनु भएको छ । 

यस्तै भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी गणेश उप्रेतीले पाउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बहादुर मगरले पाउदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी लिलाबल्लभ अधिकारीले पाउनु भएको छ । यस्तै राज्यमन्त्रीमा सृजना राई नियुक्त हुनु भएको छ । 

बन्दना झागरलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाइएको छ ।  नवनियुक्त मन्त्रीहरुको सपथ आजै प्रदेश प्रमुखको कार्यालयमा भैसकेको छ ।