विराटनगर / प्रेस चौतारी नेपाल कोशी प्रदेशले विभिन्न क्षेत्रमा योगदान गर्ने पत्रकारहरुलाई सम्मान गरेको छ । एउटै मञ्चमा हजुरवा पुस्तादेखि नाती पुस्तासम्म पत्रकारितामा सक्रिय पत्रकारहरुलाई मंगलबार सम्मान गरेको छ । 

प्रेस चौतारी कोशी प्रदेश र आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहकार्यमा विराटनगरमा दुई दिने पर्यटन पत्रकारिता र फोटोग्राफी तालिम समापन सँगै सम्मान गरििएको हो । 

सम्मानित हुनेमा अग्रज पत्रकार यज्ञ शर्मा, महेन्द्र बिष्ट, देवेन्द्र कार्की, लिलाराज भट्टराई , सुमन पुरी,  सुदिप कोईराला , अर्जुन कार्की,  सुमन सुुकेरा र अर्जुन कुलुङलगाएतलाई सम्मान गरिएको हो । उहाँहरुलाई प्रमुअ अतिथि मन्त्री राम राणा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मी पौडेलले दोसाला ओडाएर सम्मान गर्नु भएको थियो । 

सम्मान कार्यक्रम पछि प्रदेश भरिका ७७ जना पत्रकारहरुलाई पर्यटन पत्रकारिता तथा फोटोग्राफीका बारेमा प्रशिक्षण दिइएको थियो । तालिमको प्रशिक्षण यज्ञ शर्मा, लिलाराज  भट्टराई र फोटोग्राफर विसप  ताम्राकारले दिनु भएको थियो ।  कार्यक्रम चाैतारीकाे काेशी प्रदेश  अध्यक्षा अविजाल विष्टकाे अध्यक्षतामा भएकाे  थियाे ।