धरान । दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको पुरुष तर्फ इमोर्टल क्लव सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली वनेका छन ।

 मंगलवार इमोर्टल र व्रदस विच भएको अत्यन्त्य प्रतिश्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन । खेलमा इमोर्टल र व्रदसले प्रत्येक क्वाटरमा ११–१३, १२–१७, १७–११ र १९–१२ अंक जोडेका थिए ।

यसै गरि सोहि दिन भएको अन्य खेलमा डिपो क्याम्पस, मिराकल र यलम्वर जित निकाल्दै क्वाटर फाइनल प्रवेश गरेका छन । मंगलवार भएको खेलमा डिपोले युनाइटेड गोर्खालाई २९–२१, मिराकलले धरान १३ लाई ४९–१६ र यलम्वरले होराइजनलाई ५१–४७ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका हुन । खेलमा डिपो र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा ११–४, ४–४,३–४ र ११–६ अंक जोडेका थिए । दोस्रो खेलमा सहज जित निकालेका मिराकल र धरान १३ ले प्रत्येक क्वाटरमा ११–२, १०–६, १२–७ र १६–४ जोडे । यसै गरि प्रतिश्पर्धात्मक भएको तोस्रो खेलमा यलम्वर र होराइजनले प्रत्येक क्वाटरमा १८–१५, १४–१४, ९–९ र १०–९ अंक जोडेका थिए ।

  वुधवार हुने क्वाटर फाइनल खेलमा डिपोले युवा जागृति, यलम्वरले मिराकल र झापाले होलिल्याण्ड संग प्रतिस्पर्धा गर्नेछ । महिला तर्फ भने सेमिफाइनल खेलको समिकरण यस अघि नै पुरा भइसकेको छ । महिला तर्फ धरान मेघा र रेड डेभिल्स र आइएसए नेपाल काठमाण्डौ र इमोर्टल विच फाइनलका लागि प्रतिस्पर्धा हुने छ । सेमिफाइनल खेल जेष्ठ ३ गते हुनेछ ।

 प्रतियोगिताको सम्पुर्ण खेलहरु धरान १६  स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । प्रतियोगीता जेष्ठ ४ गते सम्म चल्नेछ ।