धरान । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको ८ औं जिल्ला अधिवेशन यही जेठ ५, ६ र ७ गते इटहरीमा गर्ने मिति तयसँगै नेतृत्वको लागि रस्साकसी सुरु भएको छ । १२ वटा पालिकाबाट ६सय ९५ जना प्रतिनीधि छनौट भइसकेका छन् । जेठ ६ गतेको बन्द सत्रले १३५ सदस्यीय नयाँ कमिटी बन्ने छ । 

जिल्ला अधिवेशनको चहलपहलसँगै आगामी कार्यकालका लागि नेतृत्व लिन नेताहरुले आकाक्षा देखाउदैं आएका छन् । स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईको इञ्चार्जशिप रहेको सुनसरीमा सहमतिमा नेतृत्व चयन गर्ने भनिए पनि निर्वाचनको सम्भवाना बढी भएको स्थानीय नेताहरु बताउँछन् । नेतृत्व लिन स्थानीय नेताहरु केन्द्रीय नेताको आर्शिवादका लागि धाउनसमेत सुरु गरि सकेका छन् ।

अध्यक्षका लागि हाल उपाध्यक्ष रहनु भएका निलम खनाल नेतृत्वका लागि दावी गदैं आउनु भएको छ । उपाध्यक्ष भएकाले आफु स्वत दावेदार भएको उहाँको भनाई छ । यस्तै इनरुवाका पुराना नेता खेम पोखरेलले पनि आकाक्षा देखाउनु भएको छ । उहाँ एमालेमा विवाद हुदा उहाँको अध्यक्षतामा ६ महिना कुसलतापूर्वक जिल्ला चलाएको अनुभव छ ।  २० बर्ष जिल्ला पार्टी कार्यलय सचिव भएर काम गरेकाले पार्टी, भूगोल बुझेको आफु भएकाले नेतृत्वका लागि केन्द्रसम्म कुरा राखेको पोखरेलले बताउनु भएको छ । 

सहमतिका आधारमा अध्यक्षका लागि धरानका पुराना नेता मुरारी सुवेदीको चर्चा चले पनि उहाँ वडामा भएको प्रतिनीधि छनौट मै पराजित हुनु भएको छ । यस्तै अर्का नेता नन्द बस्नेतको पनि चर्चा हुदैं आएको छ । तर अध्यक्ष सहमति भए आफु उपाध्यक्षमा जाने बताउनु भएको छ । ५५ सालमा जिल्ला सदस्यमा मनोनित हुदैं उपसचिव, सचिव र एक कार्यकाल उपाध्यक्ष भइसक्नु भएको छ । 

इटहरी खानेपानी उपभाेक्त्ता स‌स्थाका निर्वतमान अध्यक्ष रामप्रस्ताद चौलागाईको पनि चर्चा चल्दै आएको छ । उहाँलाई यस अघिका निर्वाचनमा नसमेटिएका कारण अध्यक्षमा लानु पर्ने एक थरी नेताको भनाई रहेको छ ।  निर्वाचन हुँदा खनाल र पोखरेलविच प्रतिस्पर्धा हुने एमाले वृतमा चर्चा छ । खनालको पक्षमा सहमति हुने सम्भावना रहेको एमाले एक नेताले जानकारी दिनु भयो । उहाँ विरामी पनि हुनु भएकाले सान्तोनाका लागि अवसर दिनुपर्ने केही नेताहरुको भनाई छ । 

यता उपाध्यक्षका लागि दक्षिणी क्षेत्रका पर्शूराम यादवको चर्चा छ । उहाँ हाल सचिवको जिम्मेवारीमा हुनुहुन्छ । यस्तै धरानका मीन सुब्बाको पनि चर्चा चलेको छ ।  उहाँ सुनसरी क्षेत्र नं. १ को संयोजकको भूमीकामा हुनुहुन्छ । यस्तै भरखरै खानेपानी उपभोत्ता संस्थाा अध्यक्षमा निर्वाचित यम सुब्बाको पनि उपाध्यक्षमा चर्चा छ । उहाँ गएको स्थानीय तहको निर्वाचमा एमालेको तर्फबाट इटहरी उपामहानगरको मेयरमा टिकट पाए पनि पराजित हुनु भएको थियो । 

सचिव पदका लागि धरानबाट अधिबक्ता समेत रहनु भएका पदम लिम्बु, हाल उपसचिव रहनुभएका योग्यराज खड्का, देवानन्द मेहताले आकाक्षा देखाउनु भएको छ । मेहता युवा संघबाट पार्टीमा आउनु भएको हो । लिम्बु  अघिल्लाे निर्वाचनमा उपसचिवमा पराजित हुनु भएकाे थियाे । यस पटक सचिवमा जाने मनासाय भएकाे उहाँले बताउनु भयाे ।  यस्तै उपसचिवमा धरानका पुराना नेता राजमणी निराैला आकाक्षा देखाउनु भएको छ । आकाक्षीहरु धेरै देखिए पनि सर्वसम्वत नेतृत्व चयन गरिने नेकपा एमाले जिल्ला अध्यक्ष रेवतीरवण भण्डारीले बताउनु भएको छ । तर दुई वटा टिम बनाएर मैदानमा उत्रिने सम्भावना धेरै रहेको केही नेताहरु बताउनु  हुन्छ । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी सहइञ्चार्ज लक्ष्मी गौतमले जिल्ला अधिवेशन सौहार्द वातावरणमा सम्पन्न हुने दावी गर्नु भएको छ । केही पालिकाका वडामा प्रतिनीधि छनौटमा निर्वाचन भए पनि सबै प्रतिनीधि सर्वसम्मत छनौट भएकाले जिल्लाका नेतृत्व पनि सर्वसम्मत हुने संकेत गर्नु भयो ।  उपाध्यक्ष खनालले सोमबार भएको पत्रकार सम्मेलनमा गुटउपगुट सुनसरी एमालेमा नभएको बताउनु भएको छ ।