धरान / धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवारदेखि सुरु भएको दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको दोस्रो दिन धरान मेघा, आइएस, झापा र इमोर्टल क्लव विजयी भएका छन ।

आइतवार सम्पन्न महिला तर्फ धरान मेघा, आइएसए नेपाल र इमोर्टल विजयी भए । यसै गरि पुरुष तर्फ झापा र इमोर्टल क्लव विजयी भएका छन । महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लवलाई ४९–१०, आइएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालई २५–१५ अंकको अन्तरले पराजित गरेका थिए ।  महिला तर्फ लिक कम नकआउटको आधारमा संपन्न खेलको ए पोलमा आइएस ए नेपालले दवै खेलमा जित निकाल्दै समुहको अगाडि रहेको छ भने दुवै खेल खेलेका धरान मेघा कलेज र युवा जागृति क्लवले एक जित र एक हार नतिजा निकालेका छन । 

ए पोलका सवै टिमले एक÷एक खेल खेल्न वाँकी रहेको छ । तरहराले भने दुवै खेल गुमाएका छन । महिला तर्फको वि पोल समुहमा भने एक एक खेल खेलेका रेड डेभिल्स र इमोर्टलले एक एक जित निकालेको छ भने इलुजन झापा पराजित भएका छन । सोमवार हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आइएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापा संग प्रतिश्पधा गर्नेछ । सोमवारको खेलको नतिजाले समुह ए र समुह विको विजेता र उपविजेता निर्धारन गर्नेछ । समुह एका विजेताले समुह विका उपविजेता र समुह विका विजेताले समुह एका उपविजेता संग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

 यसैगरि पुरुष तर्फ भापाले केन्द्रिय प्रविधि क्याम्पस हातिसारलाई ३८–१७ र इमोर्टल क्लवले धरान मेघा कलेजलाई ६५–३९ अंकको अत्तरले पराजित गरे । नकआउटको आधारमा भएको पुरुष तर्फ सोमवार युवा जागृति र तरहरा ए र तरहरा वि र होराइजन विच खेल हुनेछ ।

 प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा भइरहेको छ । प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सी प्रालि रहेको छ ।