धरान /  धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवारदेखि दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्धघाटन प्रदेश सभा सदस्य विजयकुमार राईले गर्नु भएको छ । 

धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, , धरान उपमहानगरपाकिला पर्व मेयर तिलक राई, युवा नेता भीमज्वाला राई, धरान १० न.वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई, धरान १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, २ न. वडाध्यक्ष रमेशकुमार राई, समाजसेवी पर्वत राई, सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, नेपाली कांगे्र धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेललगायतको उपस्थिति रहेको थियो


उद्घाटन खेलमा व्रदस बास्केटवल क्लव विजयी सुरुवात गरेको छ । व्रदसले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेका छन । प्रतिश्पर्धात्मक भएको खेलमा व्रदस र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन व्रदसका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक जोडका थिए ।

यसैगरि सोहि दिन भएको अन्य खेलमा महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भए । युवा जागृतिले तरहरालाइ ३९–३ अंकको फराकिलो अन्तरले पराजित गरे । रेडडेभिल्सले इमोर्टल क्लवलाई २३–१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५–३० अंकको अन्तरले पराजित गरे । अत्यन्त्य प्रतिश्पर्धात्मक भएको खेलको निर्धारित समयमा आइएसएल र धरान मेघाले २९–२९ वरावरि अंक जोडे पछि खेल ओभर टाइममा गएको थियो । थप ५ मिनटको समयमा अइएसएल विजयी भए ।

यसै गरि पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६–१९ अंकको अन्तरले पराजित गर्दै अगाडि वढेको छ । प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको र पुरुष तर्फ नकआउटको आधारमा खेल सम्पन्न भइरहेको छ । प्रतियोगीतामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिमले सहभागिता जनाएको छ । पुरुष तर्फ आइएसएल नेपाल काठमाण्डौ ए र वि टिम, यलम्वर क्लव, तरहरा ए र वि टिम, जेविए झपा, युवा जागृति क्लव, व्रदस क्लव, धरान १३, होराइजन क्लव, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, मिराकल क्लव, इमोर्टल क्लव, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागिता जनाएको छ । महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लवले सहभागिता जनाएको छ ।  

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृतm प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।

    प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सम्पन्न भइरहेको छ । प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ । भोलिको खेल महिला तर्फ युवा जागृति र धरान मेघा, तरहरा र आइएस ए नेपाल र इमोर्टल र इलुजन झापा विच हुनेछ । पुरुष तर्फ धरान मेघा र इमोर्टल क्लव र हातिसार कलेज र जेविए झापा विच हुने आयोजकले जनाएको छ ।