धरान । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा धरानस्थित विपि कोइराला स्वास्थ विज्ञान प्रठिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघले धरानको पूर्वाञ्चल ज्ञान क्षशुविद्यालयमा  निशल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  

६५  बालबालिकालाई स्वास्थ्य परीक्षण गरिनुका साथै  उनीहरुलाई स्वास्थ्य सरसफाईबारे अवगतसमेत गराइएको शिविरमा सहभागी चिकित्सक डा. अरुणकुमार स्.िहले जानकारी दिनुभयो । बालिकाहरुलाई महिनावारी स्वस्छ्ता र बालकहरुलाई शारीरिक स्वाच्छताबारे शिक्षा दिइएको उहाँले बताउनु भयो । उनीहरुको मधुमेहको जाँच परि गरिएको थियो । कुनै बालबालिकाहरुमा मधुमेह नदेखिएको उहाँले बताउनु भयो । 

विद्यालयमा बालबालिकाहरुका लागि दैनिक उपयोगी सामान औषधि , वेटाडिनलगायतका सामाग्रीसमेत वितरण गरिएको थियो ।   नसिंङ  विभागको प्रमुख कला थापाको नेतृत्वमा शिविर गरिएको हो । शिविरमा जुनियर डा. लोचनवावु, डा.धिरज नेपाल, डा. विष्णु मल्ललगायतको टिम सहभागी हुनुहुन्थ्यो । 

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल(आईसीएन)को आह्वानमा नाइटिङ्गलको जन्मदिन १२ मे लाई नर्सिङ दिवस मनाउने गरेको छ ।

दिवसको अवसरमा नेपालमा पनि नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरि मनाउदैं आएका छन् । 

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स रहेको नेपाल नर्सिङ परिषदले जनाएको छ । नेपालमा नर्सिङ अध्ययनका लागि सरकारी तथा निजी लगानीका गरी साढे २ सय शिक्षण संस्था छन् ।