•  खगेन्द्र कार्की 

फत्तेपुर / मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले शनिबार सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा  नेपाल बैंकको सुरक्षा गार्ड हत्याको बिषयमा जानकारी  लिनु भएको छ । 

मधेश प्रदेशका गृहमन्त्री लेखीले प्रहरी चौकीमा भएको भेटघाट कार्यक्रममा बोल्दै फत्तेपुरमा रहेको नेपाल बैंकका सुरक्षा गार्डको हत्याको बिषयमा चासो लिनुभएको छ । घटना भएको जानकारी पाउने साथ आफुले तीनवटै सुरक्षा निकाएका प्रमुखहरुलाई दोषीलाई तत्काल पक्राउ गरि कार्बाही गर्न निर्देशन दिइएको बताउनुभएको छ । 

प्रहरीले अनुसन्धान कार्य गरिरहेको  र छिट्टै अपराधीलाइ कानुनी दायरा ल्याउने उहाँले आश्वासन दिनु भयो । अन्तरक्रिया कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल, वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेल,नेकपा एमाले नगर अध्यक्ष पारस दहाल, नेपाली काङ्ग्रेस नगर सभापति युवराज खनाल, नेकपा माओवादी नगर अध्यक्ष गुणराज कोइराला, रास्वपा नगर अध्यक्ष मानप्रसाद लुइँटेल,मनकामना बहुमुखी सहकारीका अध्यक्ष अशोककुमार चौधरी, ब्यस्बस्थापक दिपककुमार खडका,त्रियुगा सहकारीका ब्याबस्थापक दिपक कार्की लगायतले सप्तकोसी नगरपालिकाको शान्ति सुरक्षालगायत  बस्तु स्थितिको बारेमा मन्त्रीलाई अवगत गराउनु भएको थियो ।