खगेन्द्र कार्की

फत्तेपुर / सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल वैंक लिमिटेडका सुरक्षा गार्डको धारिलो हतियार प्रहार गरि हत्या गरेको रहस्य खुलेको छ।
नेपाल बैंकको फत्तेपुर शाखाको सुरक्षा गार्डमा खटिएका सप्तकोशी नगरपालिका वडा न २ घर भएका ५६ वर्षीय पर्शुराम फुयाललाई विहिवार विहानको राति ३ देखि ४ बजेको समयमा धारिलो हतियार खुकुरी प्रयोग गरि हत्या गरिएको हुन सक्ने बैंकमा रहेको सिसिटिभि फुटेजबाट खुलेको प्रहरी चौकी फत्तेपुरका प्रमुख अरुणकुमार यादबले जानकारी दिनु भयो ।
विहिवार बिहान अबेरसम्म सुरक्षा गार्डले बैंकको ढोका नखोले पछि प्रहरीलाइ खबर गरि प्रहरी आएर बैंकको पछाडि पट्टी रहेको फलामको चेन गेटमा रहेको ताला फुटाएर हेर्दा सुरक्षा गार्ड फुयाल बैंकको गार्ड रुममा मृत अबस्थामा फेला परेका थिए ।
उच्च रक्तचापका कारण मृत्यु भएको आशंका गरिए पनि फुयालको बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा बैंक लुट्न आएका लुटेराले खुकुरी प्रहार गरि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
बैंकमा रहेको सिसिटिभि फुटेज हेर्दा रातको १२ बजेर ३७ मिनेट जादा हातमा नाङ्गो खुकुरीसहित झोला बोकेको एक जना नकाबधारी मान्छे बैंकमा देखिएको र बैंकको क्यास काउन्टरलगायत विभिन्न भागमा खानतलासी गर्दै बैंकमा भएको पैसा निकाल्ने प्रयास गरेको देखिएको थियो । बैंकमा पैसा राखेको लकर फोर्न नसके पछि बैंकमा भौतारी राखेको लुटेराले सुरक्षा गार्ड माथि आक्रमण गरेको र गार्डले प्रतिकार गर्दा गर्दै लुटेराको खुकुरी प्रहार गरि गार्डको हत्या अनुसन्धानबाट खुलेको छ ।
विहान ४ बजेर १८ मिनेटमा लुटेर बैंकबाट निस्किएको सिसिटिभि फुटेजले देखाएको छ । बैकमा भएको सम्पति भने केही लान नपाएको पाइएको छ ।
विगत आठ वर्षदेखि नेपाला वैंकमा सुरक्षा गार्ड गर्दै आएका फुयालको शवको वरिपरी र बैंक भित्र रगतका टाटा र रगत लागेको खुट्टाको पाइला देखिएका कारण फुयालको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सुरक्षा गार्ड फुयालको कस्ले हत्या गर्यो भन्ने बिषयमा तालिम प्राप्त कुकुर सहित अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार सीसीटीभी फुटेज र शवको वरीपरी रगतका टाटा देखिएकाले हत्या भएको शंका देखिएकोले घट्नाबारे थप अनुशन्धान सुरु गरिएको बताउनु भयो । कोशी प्रदेश प्रहरी धरानबाट ट्रयाकिङ डग ( तालिम प्राप्त कुकुर)को टोली ल्याइ थप अनुसन्धानको प्रकृया अघि वढाएको उहाँले बताउनु भयो । मृतकको सब पोष्ठमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज लागिएको फत्तेपुर प्रहरी चौकिका प्रहरी हवल्दार बुद्ध खडकाले जानकारी दिनु भयो ।