विराटनगर / कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको हो । 

उहाँ झापा निर्वाचन क्षेत्र ५ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो । 

 केदार कार्की अदालतलाई गुहादैं 

यता प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरे पछि बहाल रहेका मुख्यमन्त्री सर्वोच्च अदालतलाई गुहार्न पर्नु भएको छ । उहाँले आजै अधिबक्ता सुप्रक्षा जोशीको वारेसनामा मार्फत रिट दायर गर्नु भएको हो । 

संविधानको धारा १६८(५) अन्तगर्त  निर्मित सरकारलाई दिएको समथर्न फिर्ता हुन सक्ने व्यवस्था संविधानले  परिकल्पना नगरेकोमा संकल्प प्रस्तावको आधारमा विश्वासको मत निलएको भन्ने आधार देखाई नयाँ मुख्यमन्त्रीको नियुक्तीकोनिमत्ति दाबी पेश गरी प्रदेश प्रमुखले गर्नु भएको आव्हान, निणर्य, पत्राचार एवं सूचना उत्प्रेषणको आदेशले बदर गरी पाउँ भनी रिट दायर गरिएको छ ।