धरान  / स्थानीय भवन निर्माण व्यवसायी संघले धरानमा रहेका निर्माण व्यवसायीहरुलाई एक दिवसीय क्षमता विकास अध्यावधिक तालिम दिएको छ । 

धरान उपमहानगरपालिकाको प्राविधिक सहयोगमा प्रथम चरण अन्तर्गत ५० जनालाई क्षमता अभिवृद्धि तालिम दिइएको हो । दीगो आवाज र सुरक्षित बसोवासका लागि भूकम्प प्रतिरोधी भवन निर्माणका लागि एक दिने पुनताजिकी तालिम आयोजना गरिएको संघका अध्यक्ष तथा व्यवसायी नारायण लिम्बुले जानकारी दिनु भयो । अर्को चरणमा वाँकी रहेका व्यवसायीलाई तालिम दिने आयोजकले जनाएको छ । 

एक दिवसीय तालिम समाप्ति पछि सहभागीहरुले प्राप्त गरेको उपलब्धिको जानकारी लिन  सर्वेक्षण फारम समेत भरिएको संघका महासचिव हरी कार्कीले जानकारी दिनु भयो । सर्वेक्षण पछि तालिम लिएकाहरुलाई नेतृत्व विकास र आर्थिक व्यवस्थापनको तालिम संचालन गरिने महासचिव कार्कीले जानकारी दिनुभयो । 

नेपाल मै पहिलो पटक भकम्प प्रतिरोधी भवन निर्माण गर्न सुरु गरेको धरान उपमहानगरपालिकाले २०५९  सालमा भकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि व्यवसायीहरुलाई तालिम दिइएको थियो । त्यही क्षमता विकासलाई अध्यावधी गर्न संघले उपमहानगरपालिको सहकार्यमा यस्तो तालिम दिन सुरु गरेको हो ।  सोही अवसरमा सुनसरी उद्योग परि संघका अध्यक्ष अनि अग्रवालले स्थानीय भवन निर्माण व्यवसायी संघलाई स्मार्ट बोर्ड उपलब्ध गराउनु भएको छ । मंगलबार उहाँले संघका अध्यक्ष नारायण लिम्बुलाई हस्तान्तरया गर्नु भयो ।