धरान / धरानमा अाज ( शुक्रवार ) देखि प्रथम प्रादेशिक महोत्सव २०७४ मा भारतदेखि ल्याइने ऊट सयरदेखि गायक राजेश पायल राईसम्मको मनोरन्जनात्मक प्रस्तुती हुने भएको छ ।

“पर्यटन, कृषि, सूचना, प्रविधि, कलासंस्कृति,शिक्षा तथा औधोगिक व्यापार प्रदर्शनी” भन्ने मूल नारा लिएर फागुन २१ गते सम्म महोत्सव शुरु हुन भएको हो । सुनसरी उघोग वाणिज्य संघको आयोजानमा धरान—१२ पब्लिक हाई स्कूलको खेल मैदानमा हुने प्रादेशिक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको प्रमुख आकर्षणको रूपमा उटको सयर, हाती सयर शैक्षिक प्रदर्शनी,कृषि प्रर्दशनी रहने महोत्सव प्रचार संयोजक उपेन्द्र चाम्लिङ राईले बताए । महोत्सवमा सास्कृतिक कार्यक्रममा हरेक दिन राष्ट्रिय कलाकार साथै स्थानिय कलाकारको प्रस्तुति रहने समेत बताईएको छ ।

राष्ट्रिय कलाकारहरूमा राजेशपायल राई, मेलिना राई,शिव परीयार, गंगा वरदान लागायत रहने समेत बताईएको छ । महोत्सवमा प्रदेश नम्बर १ का विभिन्न व्यावसायीहरूको सहभागीता रहने साथै नेपाल बाहिरका व्यावसायीहरूको पनि सहभागीता रहने छ । कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न जातजातिको ¥यालि र झाकि प्रदर्शनि समेत गरिनेछ ।

कार्यक्रम, प्याराग्लाईडिङ, ¥याफटिङ, साईकिलिङ, एक गाउँ एक उत्पादीत बस्तुको पदर्शनि, गार्मेन्टका तयारी सामग्रीको पदर्शनि, निर्माण सामाग्री, कृषि अजार, ईलेक्ट्रोनिक्स पदर्शनि, सुचना प्रविधिको जानकारी, अधोगीक प्रदर्शनी तथा खरिद विक्रि, दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको पदर्शनि तथा खरिद विक्रि, अस्ट्रिजको मासु साथै अस्ट्रिजको चल्ला समेत विक्रि गरिने जनाइएको छ ।

महोत्सवमा वेलुकी ४ बजेसम्म प्रवेश निःशुल्क भएपनि ४ बजेपछि भने ८५ रूपैयाँको टिकट काट्नु पर्नेछ । बाल उद्यानमा भने एक सयका दरकोे टिकट रहने आयोजकले जनाएको छ ।