धरान / धरान उपमहानगरपालिका वडा नं –६स्थित पानवारीमा शतवार्षिक महोत्सव शनिवारदेखि सुरु भएको छ । आफ्नो पहिचान र स्थानीय रैथाने उत्पादन विक्रि वितरणसँगै मनोरञ्जनका लागि आयोजना गरिएको चैत २ गते सम्म लाग्ने महोत्सवको उद्घाटन कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले गर्नु भएको छ ।  

उद्घाटन गदैं सभामुख विष्टले आफ्नो पहिचानको लागि र स्थानीय उत्पादन विक्रि एंव प्रचारका लागि गरिएको काम सहराहणीय भएको बताउनु भयो । उहाँले पानवारीको विकासका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनु भयो । 

कार्यक्रमका विशिष्ठ अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेतले पानवारीको इतिहास अवगत गराउनु भएको थियो । पानवारीको इतिहास कृषीसँग जोडिए पनि सरकारको भूउपयोग नीति कृषीलाई भन्दा आवासिय क्षेत्रलाई प्राथमिकता दिएकाले पानवारीले पनि आवसिय क्षेत्र छनौट गरेको बताउनु भयो । सहरीकरणले यहाँका लोकप्रिय कृषी उत्पादन उख, धानलगायतका बाली ओझेलमा परेको उहाँले बताउनु भयो । 

कार्यक्रममा पूर्व सभामुख प्रदिपकुमार भण्डारी, उपमेयर आइन्दैविक्रम बेघा,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मुकेश, वडाअध्यक्ष भुपेन्द्र भट्टराईलगायतले शुभकामन दिनुभएको थियो ।   

सयपत्री व्याइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा भएको महोत्सव चैत्र २ गतेसम्म चल्ने छ । महोत्सवमा कोशी प्रदेश स्तरीय छैठौं भलिवल प्रतियोगिता समेत भइरहेको छ । 

प्रदेश स्तरिय भलिबल कपमा सयपत्री बोइज यूनियन क्लब पानवारी, धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ,सतिसाले स्पोटीड मोरङ,प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ ,प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा,एमएमसी धरान,बाझगरा भलिबल क्लब धरान गरि जम्मा ८ वटा क्लब रहेका छ्न ।

महोत्सव अबधि भर रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, सहित स्थानीय स्तरमा उत्पादन कृषि सामाग्रीको सहुलियत बजार ,स्थानीय रास्ट्रीय स्तरका कलाकारको प्रस्तुती, कविता तथा नृत्य प्रतियोगिता, झाकी प्रदर्शनी सांस्कृति निःशुल्क स्वास्थ्य शिविर थप अन्य आकर्षण कार्यक्रमहरु हुने क्लवका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिनु भएको छ । कार्यक्रमको स्वागत राजेन्द्र न्यौपानेले गर्नु भएको थियो ।