धरान / बैदेशिक अध्ययनका लागि उत्कृष्ठ परामर्श दिदैं आएको धरानस्थित इडन एकेडेमी कन्सल्टेन्सी प्रालिले आयाेजना गरेकाे बहुगन्तव्य  शैक्षिक मेला (Multi-Destination Education Fair) बाट ३ सय भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् ।

बैदेशिक अध्ययनका लागि विभिन्न मुलुक जान चाहाने विद्यार्थीहरू परामर्शकाे अभावमा समस्यामा नपरून भनेर प्रालिले धरानकाे भानुचोक पश्चिम तमु कम्प्लेक्सको पहिलो र दोश्रो तलामा विहीबार बृहत मेलाकाे आयाेजना गरेकाे हो । 

 इडन एकेडेमका अध्यक्ष मोहन तिगेलाका अनुसार यस फेयरमा अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, न्यजिल्यान्ड, दुबइलगायतका देशबाट २० वटा बढी कलेज तथा बिश्वविद्यालयहरुका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा थियाे । तीन सय विद्यार्थीहरूले परामर्श लिएकाे उहाँले बताउनु भयाे । मेलामा  IDP- IELTS ले IELTS ACADEMIC/GENERAL TRAINING, CT IELTS, IELTS UK- VI, LIFE SKILLS A1/B1 र ETS ले TOEFL/GRE बारे विद्यार्थीहरूले जानकारी लिएका छन् ।

विद्यार्थी तथा अभिभावकले प्रत्यक्षरुपमा बिश्वविद्यालय र कलेजका प्रतिनिधिलाई भेटी छात्रवृति, सजिला अफ्ठ्यारा, शैक्षिक गन्तव्यमा जानु अघि सीप सिक्ने कुरा र अपनाउनु पर्ने सावधानको बारे जानकारी लिएकाे उहाँले बताउनु भयो ।  

 लाग्ने लागत, अध्ययनका लागि  पुगेकाे मुलुकमा हुने समस्यासँग कसरी जुध्न सकिन्छ भन्ने ज्ञान, भाषा संस्कृति, रहन सहनको बारेमा प्रत्यक्ष कुरा गर्ने अबसर पाएका छन् ।, अध्यक्ष तिगेलाले भन्नू भयाे ।  मेलामा बैक सुविधा, बैक ग्यारेन्टीलगायतका विषयमा कुमारी बैंक र एभरेस्ट बैंकले स्टलनै राखेर सहजिकरण गरेका थिए । 

20240307_143126