धरान / बैदेशिक अध्ययनका लागि उत्कृष्ठ परामर्श दिदैं आएको धरानस्थित इडन एकेडेमी कन्सल्टेन्सी प्रालिले धरानमा बहुगन्तव्य  शैक्षिक मेला (Multi-Destination Education Fair) आयोजना गर्ने भएको छ । धरान भानुचोक पश्चिम तमु कम्प्लेक्सको पहिलो र दोश्रो तलामा यहि फाल्गुन २४ गते(मार्च ७) विहीबार मेलाको आयोजना गर्न लागेको हो । 

पूर्वकै सबै भन्दा ठूलो एजुकेसन फेयर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।  इडन एकेडेमका अध्यक्ष मोहन तिगेलाका अनुसार यस फेयरमा अमेरिका, युके, क्यानडा, अस्ट्रेलिया, न्यजिल्यान्ड, दुबइलगायतका देश बाट २० वटा बढी कलेज तथा बिश्वविद्यालयहरुका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा हुने छ । उहाँहरुले आफ्ना कलेजहरुका विषयमा जानकारी गराउनु हुने छ । मेलामा  IDP- IELTS ले IELTS ACADEMIC/GENERAL TRAINING, CT IELTS, IELTS UK- VI, LIFE SKILLS A1/B1 र ETS ले TOEFL/GRE बारे पूर्ण जानकारी हुने अध्यक्ष तिगेलाले जानकारी दिनु भयो । 

विद्यार्थी तथा अभिभावकले प्रत्यक्षरुपमा बिश्वविद्यालय र कलेजका प्रतिनिधिलाई भेटी छात्रवृति, सजिला अफ्ठ्यारा, शैक्षिक गन्तव्यमा जानु अघि सीप सिक्ने कुरा र अपनाउनु पर्ने सावधानको बारे जानकारी हुने उहाँले बताउनु भयो ।  मेलामा सहभागी हुने कुनै शुल्क तिर्नु पर्ने छैन् । 

यस्तै लाग्ने लागत, अध्ययनका लागि  पुगेकाे मुलुकमा हुने समस्यासँग कसरी जुध्न सकिन्छ भन्ने ज्ञान, भाषा संस्कृति, रहन सहनको बारेमा प्रत्यक्ष कुरा गर्ने अबसर तथा छलफल हुने उहाँले जानकारी दिनु भयो ।  मेलामा बैक सुविधा, बैक ग्यारेन्टीलगायतका विषयमा समेत छलफल हुने छ । मेला कुमारी बैंक र एभरेस्ट बैंकले स्टलनै राखेर सहजिकरण गर्ने आयोजकले जनाएको छ । 

इडन एकेडेमी २०६५ सालमा स्थापना भएको धरानको पुरानो शैक्षिक परामर्श केन्द्र हो । यस संस्थाले सन् २०१९ सम्म बार्षिकरुपमा शैक्षिक मेला(एजुकेसन फेयर)को आयोजना गर्दै आइरहेको थियो । विचमा कोरोनाका कारण रोकिएको थियो ।  आगामी दिनमा बैदेशिक अध्ययानका लागि जाने विद्यार्थीहरुका लागि नियमित परामर्श र मेला आयोजना गरिने संस्थाले जनाएको छ ।