वि.सं. २०७४ साल मंसिर १४ गते। बिहीबार। इश्वी सन् २०१७ नोभेम्बर ३० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– द्वादशी, २७:४७ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– रेवती, १३:०७ बजेउप्रान्त अश्विनी। योग– व्यतीपात, १७:५५ बजेउप्रान्त वरियान्। करण– वव, १६:२५ बजेदेखि वालव, २७:४७ बजेउप्रान्त कौलव। आनन्दादिमा मित्र योग। चन्द्रराशि– मीन, १३:०७ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १२ पला। पञ्चक १३:०७ बजे समाप्ति।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । वस्त्र लाभ हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । पारिवारिक समस्या आउनेछ ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारिक समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) विगतका कमजोरीलाई सुधार गर्न मौका छ । राजननितक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरूलाई तह लगाउन सकिनेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ । साँझमा पैशा खर्च हुने योग छ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वाकांक्षी योजना सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । व्यवसायमा मन्दी आउला । कामहरु अधुरै रहलान् । चेटपटक लाग्न सक्नेछ ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्नमा आउला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । - ज्यो.प. नारायणप्रसाद दुलाल