धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण रयाली गरिएको छ ।

धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको रयाली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई(प्रविन)ले जानकारी दिनुभयो । 

तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी हुनुभएको थियो । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण्डाफोर गर्दै प्रतिष्ठानको गेटअगाडि धर्ना बस्ने अध्यक्ष राईले चेतावनी दिनुभएको छ । 

प्रतिष्ठानको अहिलेको स्थितिले ‘स्वास्थ्य उपचारको जनताको मौलिक हक’ खोसिन सक्ने अवस्था सिर्जना भएकोले त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण रयाली निकालिएको उहाँले बताउनुभयो ।

bp bachauआम धरानवासी बिरामी हुँदा आफ्नै आँगनको अस्पतालमा उपचारबाट वञ्चित हुने अवस्थाप्रति मूकदर्शक भएर बस्न नसकिने बताउँनु भयाे ।  ‘धेरैतिरबाट फोन आउँछ, तपाईकै आँगनमा रहेको प्रतिष्ठान खुल्यो’, उहाँनले भन्नुभयो, ‘तर मैले जवाफ दिन सकेको छैन, त्यही भएर आजदेखि आन्दोलन शुरु गरें ।’- उहाँले भन्नु भयाे । 

उहाँले पार्टीबाट पनि आन्दोलन नगर भन्दै दबाव आएको खुलाउँदै पार्टीले कारवाही गरे व्यवसाय गर्दै बस्छु भन्ने अठोटले सबैको हितको लागि आन्दोलनमा होमिएको उहाँको भनाई छ । 

र्याली पछिको कोण सभालाई सम्बोधन गदैं नेकपा एमाले प्रदेश कमिटी सदस्य एंव मजदुर नेता भीमज्वाला राईले प्रतिष्ठानको चिकित्सक, कर्मचारीहरुको बढुवालाई उनीहरुको नियमित कुरा रोक्न नहुने बताउदैं चाढै समस्या समाधान गर्न सुझाउनु भएको छ । उहाँले स्वास्थ्य संस्थामा राजनीति नगर्न पदाधिकारी, चिकित्सकलगायतलाई सुझाव दिनु भएको छ । 'यो धरानको सम्पति हो । यसलाई दोहन गर्ने काम ठिक छैन् । प्रतिष्ठानले आफ्ना समस्या समाधान गरेन अव धरानने जनताले प्रतिष्ठानलाई हस्तक्षेप गर्ने छ ।'- उहाँले भन्नुभयो, - 'विभिन्न पहाडी जिल्लाबाट उपचारमा आएका विरामी अलपत्र छन् । धराने जनताको एक मात्र गहना प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउन कसैलाई छुट छैन् । उहाँको सेवा सुचारी हुनु पर्छ भन्ने जनताको माग हो ।'

पछिल्लो समय प्रतिष्ठानका चिकित्सक शिक्षक, कर्मचारीहरूको आन्दोलनले कामु उपकुलपति प्राडा.प्रहलाद कार्कीलाई बर्खास्त गर्न माग गर्दै प्रतिष्ठानको उपचार सेवा, पठनपाठन अवरुद्ध हुँदै आएको छ ।

धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले यसअघि ताला समेत लगाएका थिए भने दलहरुले प्रधानमन्त्री, मन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेपनि प्रतिष्ठानको समस्या सुल्झिन साथै पार लाग्न सकेको छैन ।

andolan1