धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, हडतालले बन्दै हुने स्थिति आएपछि कामु उपकुलपति प्राडा।प्रह्लाद कार्कीले शिक्षक, कर्मचारीको स्तरोन्नति सम्बन्धी कार्यलाई वैधानिक निकास दिन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

उहाँले  प्रतिष्ठानका अस्पताल सेवा, पठनपाठन, प्रशासनिक गतिविधिहरू सुचारु गर्न शिक्षक तथा कर्मचारीहरूलाई अपिलसमेत गर्नु भएको छ 

कामु उपकुलपति कार्कीले शुक्रवार अपिल जारी गर्दै प्रतिबद्धतासँगै अस्पताल नियमित सुचारू गर्न अपिल गर्नु भएको छ ।

‘प्रतिष्ठानमा पहिलो विशेषज्ञ चिकित्सकको रूपमा सेवा प्रवेश गरी पुरै ऊर्जाशील जीवन प्रतिष्ठानमै समर्पण गरेका, ज्येष्ठ सदस्य र हाल कार्यकारी भूमिकामा समेत रहेको अर्थमा व्यक्तिगत र संस्थागत तवरले प्रतिष्ठानका शिक्षा कर्मचारीको स्तरोन्नति तथा प्रतिष्ठानको हित रक्षाप्रति म अत्यन्तै संवेदनशील रहेको अनुरोध गर्दछु ।’(जारी विज्ञप्तिमा भनिएको छ ।

‘२०७९ पुष २० गते प्रकाशित शिक्षक, कर्मचारीको स्तरोन्नति सम्बन्धी विज्ञापनको सन्दर्भमा खोजिएको विषय भनेको ‘कानुनी वैधता’ वैधता मात्र हो र कानुनी वैधता स्पष्ट गरेर यसलाई अगाडि बढाए दीर्घकालीन रूपमा सर्वलाई फलदायी उपलब्धि प्राप्त हुनेछ भन्ने सोझो र स्पष्ट मान्यता हो’ भनी कामु उपकुलपति कार्कीले अपिलमा भन्न भएको छ।

उहाँ उपकुलपति हुनुभन्दा अघि बढाइएको बढुवा प्रक्रियाका बारेमा कामु उपकुलपति कार्कीले अपिलमा ‘संविधान र कानुनको प्रावधान हेरेर प्रतिष्ठानले विगतमा गरेका बढुवा प्रक्रियालाई ‘अन्तिम पटक’ भनी गराएको पाइएको र ‘विद्यमान नियमावलीमा लोकसेवा आयोगको कार्यविधि अनुरूप संशोधन नगरी बढुवा गर्न नमिल्ने’ कुरा विगत व्यवस्थापनकै समयका कानुनी रायहरूलाई समेत मध्यनजरमा राखिएको भनेर प्रष्टाउनु भएको छ ।

आफुहरूले गरेका निर्णयहरूमा भविष्यमा प्रश्न चिन्ह खडा नहोस् र प्राप्त उपलब्धिहरू समेत टिकाउ रहनु भन्ने नियतले यो विषय सञ्चालक परिषदमा लगेर प्रतिष्ठानको नियमको अंश बनाई अन्तिम पटक सम्पन्न गर्ने र भविष्यमा सम्पन्न गरिने बढुवा प्रक्रियाहरू लोकसेवा आयोगको कार्यविधि अनुरूप गर्न सञ्चालक परिषदमा नियमावली संशोधन प्रस्ताव गर्ने उहाँले प्रष्ट पार्नु भएको छ । 

 उच्च अदालत विराटनगरबाट  माघ १० गते प्रतिष्ठानको नाममा जारी अन्तरिम आदेशमा कर्मचारी नियुक्ति तथा स्वतः बढुवा नगर्नरनगराउन भन्दै १७ गते छलफल लागि पेशी ताेकाे छ । 

बढुवाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा छन् । आफुहरुको सामान्य मागलाई वेवास्ता गरेको भन्दैं चिकित्सक, कर्मचारीहरुले उपकुलपतिको आग्रह, निर्देशन अवज्ञा गदैं आएका छन् । उनीहरुले उपकुलपतिलाई बखास्त गर्न कुलपति तथा सहकुलपतिलाई ज्ञापन पत्र समेत पठाएका छन् । 

pralhad