धरान । धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टारकाे आर्थिक तथा प्रशासनीक सबै अधिकार कायममुकायम उपकुलपतिले खाेस्नु भएकाे छ । कामु उपकुलपति प्राडा. प्रल्हाद कार्कीले हिजाे रजिष्टार प्रा.डा. सूर्यप्रसाद उपाध्ययलाई पत्र पठाएर सबै काम कार्वाही उपकुलपतिबाट अनुमति लिएर मात्र गर्न निर्देशन जारी गरिएकाे छ ।

'तपाईलाई का.मु. उपकुलपतिबाट मिति २०८०/०३/१७ गते मेरो क. मु. उपकुलपतिको नियुक्ती पश्चात प्रतिष्ठानको एेन र नियमावली अनुसार मैले दिइएको अख्तियारी आजैका मिति देखि फिर्ता

गरिएको जानकारी गराउदछु ।'- पत्रमा भनिएकाे छ- आजका मिति देखि तपाईले सूचारु गर्ने सम्पूर्ण आर्थिक एवं प्रशासनिक क्रियाकलापहरू (आन्तरिक बाह्य पत्राचार र मुद्दा मामिला सम्बन्धि कार्यहरु समेत) का. मु. उपकुलपतिवाट स्वीकृत गराएर मात्र सम्पन्न गर्नु हुन अनुरोध छ ।'

यस विषयमा रजिष्टार संग्राैलाले पत्र आएकाे बताउनु भयाे । अब प्रतिष्ठान कसरी चल्ला भन्ने प्रश्नमा अब उपकुलपति ज्युले चलाउनु हुने बताउनु भयाे ।

उपकुलपतिलाई असहयाेग गरेकाे भन्दै रजिष्टारप्रति उहाँ असन्तुष्ट हुँदै आउनु भएकाे थियाे । चिकित्सक, कर्मचारी र शिक्षकहरू बढुवाकाे माग गर्दै आन्दाेलन गरिरहेका बेला रजिष्टार संग्राैला आन्दाेलनका पक्षमा भएकाे आराेप लागेकाे छ । रजिष्टार संग्राैलाले केही दिन अघि दलहरूलाई उपकुलपतिकाे कमजाेरीका कारण बढुवा प्रक्रिया राेकिएकाे भनेर बाेल्नु भएकाे थियाे ।

उपकुलपतिले बढुवा प्रक्रिया राेकेकाे भन्दैं आन्दाेलनरत पक्षले प्रतिष्ठानमा उपकुलपति निषेधित क्षेत्र घाेषणा गरेर आन्दाेलन गरिरहेकाछन् ।

IMG_20240115_133110