धरान /  धरानस्थित विपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विरामी उपचार सेवा  ठप्प भएको छ ।  बढुवा प्रक्रिया सुचारु नभएपछि आन्दोलनमा उत्रिएका चिकित्सक शिक्षक कर्मचारीहरुले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेका हुन । 

उनीहरुले बिहानदेखि नै उपकुलपति कार्यालयअघि धर्नामा बसे पछि ओपिडी सेवा सुचारु भएन । शिक्षक कर्मचारहिरुले आज बिहानसम्म कायममुकायम उपकुलपति प्रा।डा।प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । 

शिक्षक कर्मचारीहरुले काम छोडेपछि प्रतिष्ठानको इर्मजेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका विरामीहरुबाहेकको सम्पुर्ण सेवा ठप्प भएको बताइएको छ । 

बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलन गरेका थिए । गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरुसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरे पनि माग पुरा नगरे पछि पुन आन्दोलनमा आउनु परेको शिक्षक कल्याण समाजका अध्यष सेराज खानले बताउनु भयो । केही दिन अघि उपकुलपति कार्कीले कार्यकारिणी बैठक बोलाए पनि आफै अनुपस्थित भए पछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका हुन् । आक्रोशित आन्दोलनकारीहरुले उहाँलाई प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा समेत गरेका छन् । बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार समेत गरेका छन् । 

यता उपकुलपति काकीृले सरकार र लोकसेवाबाट कुनै आधिकारिक अनुमति नआएकाले कानुन विपरितको काम गर्न नसकेको भन्दैं केही दिन अघि विज्ञप्ति जारी गर्नु भएको थियो ।