धरान / धरानमा जारी मेयर स्कुल ओलम्पिकमा डिपोट उच्च माविले सबै भन्दा बढि पदक हात पारेको छ । ९ वटा खेल मध्य ८ वटा खेल सम्पन्न हुदा डिपोटले ७ स्वर्ण, ९ रजक र १० वटा काँस्य पदक हात पारेको छ ।
यस्तै दोश्रोमा शैनिक स्कुल रहेको छ । उसले ६ स्वर्ण ३ रजक र ५ वटा काँस्य पदक हात पारेको छ ।  ५ स्वर्ण, २ रजक र ७ काँस्य पदक जित्दै युरेका रेसिडेण्ट स्कुलले तेश्रो स्थान ल्याएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा धरान उपमहानगरपालिकाका ४१ वटा विद्यालयहरुले भाग लिएका थिए । बुद्धिचाल, भलिवल, कराते,ताइकन्दो, टेवल टेनिस, ब्याटमिन्टन, एथ्लेटिक्स, बास्केटबल, क्रिकेट, फुटवल गरि ९ वटा विधामा खेल भएको बाँस्केटवलका प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिए । फुटवलको फाईनल भने सोमबार हुने आयोजकले जनाएको छ । फुटवलको नतिजाले दोश्रो र तेश्रोको स्थान भने परिवर्तन हुन सक्ने छ । । प्रतियोगिताको समापन सोमबार हुदैछ ।