धरान  ।  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वारम्वार भइरहने आन्दोलन हड्तालबाट सेवाग्राहीलाई हुने समस्याप्रति प्रतिष्ठान प्रशासन जिम्मेवार हुनु नेकपा एमाले धरान उपमहानगर कमिटीले सचेत गराएको छ । 

बुधबार सुनसरी क्षेत्र नं. १ का सांसदसहतिको टोली प्रतिष्ठान पुगेर पदाधिकारीहरुलाई सचेत गराएको हो । बर्षौदेखि चिकित्सक, शिक्षक, कर्मचारीको नियमित हुने बढुवा रोकेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी नबनाउनसमेत पार्टीले ध्यानाकर्षण गराएको छ । 

धरानका चिकित्सक तथा शिक्षकहरूको स्तर वृद्धिको प्रक्रिया पुस १५ गतेदेखि सुरू गर्ने लिखित प्रतिबद्धता व्वस्थापन पक्षले गरे पनि काम नगरेको भन्दै चिकित्सकहरूले मंगरबारदेखि आन्दोलन थालेकाछन् ।

शिक्षक र व्यवस्थापनसंग २०८० कार्तिक २० गते भएको सम्झौता अनुसार यही पुस २ गते शुरू गरि पुष १५ गतेसम्मआवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तरवार्ता सकाउने सहमति भएको थियो । हालको अवस्थामा लोक सेवा आयोगको र स्वास्थ्य मन्त्रीले अनुमति दिएता पनि बढुवाको अन्तर्वार्ता सुचारु नभएको भन्दै चिकित्सकहरूले मंगलबारदेखि आन्दोलन सुरू गरेका हुन । 

आन्दोलनका कार्यक्रम सार्वजनिक भए पछि नेकपा एमालेले चासो व्यक्त गदैं चिकित्सक, शिक्षक र कर्मचारीका जाहेज र प्रतिष्ठान ऐन नियमले व्यवस्था गरेको नियमित प्रक्रियाका बढुवा, स्तरोन्नतीका काम अभिलम्व सुचारु गर्न प्रतिष्ठान प्रशासनलाई ध्यानाकषण गराएको छ । 

नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कराज एभेङले पछिल्लो समयको विपी प्रतिष्ठानको गिर्दो साख् प्रति एमाले चिन्तित रहेको बताउनु भएको छ । 'शिक्षक, कर्मचारीको निम्नतम माग पुरा गर्न के समस्या भइरहेको छ ? बर्षौ विति सक्दा पनि कानुन अडचन सुल्झाउन पदाधिकारी जिम्मेवार नहुनुको नियत के हो ?'-भन्दैं उहाँले पदाधिकारीहरुलाई जवाफ दिनु पर्ने बताउनु भएको छ । 

छलफलमा अध्यक्ष हर्कराज एभेङकाे नेतृत्वमा स‌विधान सभा सदस्य कृष्णकुमार राई, पूर्व माननीय जयकुमार राई,  प्रदेश सभा सदस्य तथा नेकपा एमाले सुनसरी क्षेत्र न‌‍ १ इञ्जार्च विजय राई,  क्षेत्रीय स‌याेजक मीन सुब्बालगायत नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे । 

छलफलमा सुनसरी क्षेत्र नं. १(२)का प्रदेश सभा सदस्य विजय राईले विपी प्रतिष्ठानको साख गिदैंजानुमा पदाधिकारीहरु जिम्मेवार भएको बताउदैं शिक्षक कर्मचारीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो । उहाँले आन्दोलनरत पक्षलाई विरामी र यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्यप्रति भने जिम्मेवार हुन आग्रह गर्नु भयो । 

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका महामन्त्री प्रकाश राईले पदाधिकारीको नियतका कारण नियमित प्रक्रिया रोकिनु र आन्दोलन नै गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको बताउनु भयो । पदाधिकारीहरु जिम्मेवार बन्न उहाँले ध्यानाकर्षण गराउनु भयो । 

प्रदेश सभाका पूर्व सभामुख प्रदिपकुमार भण्डारीले सबै प्रक्रिया पुर्रयाएर आन्दोलनरत पक्षको माग सुनुवाई गर्न आग्रह गर्नु भयो । 

छलफलमा शिक्षक कल्याण समाजका अध्यक्ष डा. सोराज खानले प्रतिष्ठानका चिकित्सक शिक्षक र कर्मचारीहरुको नियमित बढुवा रोकेर उपकुलपतिले प्रतिष्ठानलाई डुवाउन लागेको बताउनु भयो । विगतमा पटक पटक भएको आन्दोलन पछि उहाँले सहमति गर्नु भयो । अहिले सहमति कार्यन्वय नगर्नुमा उहाँको नियत ठिक छैन् ।, डा. सेराजले भन्नु भयो, -'अव उहाँ प्रतिष्ठान प्रवेशको नैतिक गुमाइसक्नु भएको छ । अव उहाँको बहिस्कारको आन्दोलन अघि बढ्ने छ ।' 

यस्तै कर्मचारी कल्याणसमाजकी अध्यक्ष कविता ढकालले उपकुलपति, शिक्षाध्यक्ष, सचिव, अस्पताल निर्देशक र अन्य प्रतिष्ठानका काम त्यही विपीको ऐन अनुसार भइरहेको छ तर हाम्रो बढुवा चाही त्यही ऐन अनुसार किन नहुने भन्ने प्रश्न गदैं उपकुलपतिको नियत ठिक नभएको आक्रोश व्यक्त गर्नु भयो । 

छलफलमा विद्यार्थी कल्याण समाजका अध्यक्ष  ओम रजतले विपी प्रतिष्ठान ओरालो लागेको बताउदैं बचाउन यहाँका सबै राजनीतिक दल, नागरिक समाज लाग्न आग्रह गर्नु भयो । उहाँले यहाँ अध्ययनरत विद्यार्थीहरुको पीडा सुनाउदैं नयाँ व्याच आउने बेला भए पनि पुरानो व्याजको कोर्ष नसकिएको उहाँले बताउनु भयो । कुनै समय विपीको विद्यार्थी भन्दा सान अकैं हुन्थ्यो तर यति बेला विपीको विद्यार्थी भन्दा निधार खुम्चाउन थालेको उहाँले बताउनु भयो । चिकित्सक शिक्षामा पहिलो नम्बरमा रहेको विपी प्रतिष्ठान यति बेला ८ औं स्थानमा पुगेको कुरा उहाँले स्मरण गराउनु भयो । शिक्षकहरुको बढुवा नहुदा शिक्षा दिने चिकित्सकहरु नै मानसिक तनावमा भएका कारण विद्यार्थीहरुको सिकाई उत्कृष्ट हुन नसकेको उहाँको भनाई थियो । उहाँले सबैसँग हात जोडेर यहाँको समस्या समाधान गरि दिन विन्तिसमेत गर्नु भयो । 

एमालेको ध्यानाकर्ष सुने पछि प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. सञ्जिवकुमार शर्माले समस्याबारे प्रस्टाउदैं लोकसेवाले प्रक्रिया सुरु गर्न अनुमति दिएर आफु निमित्त उपकुलपति हुँदा अन्तर्वार्ता सुरु गरेको स्मरण गराउनु भयो । तर कामु उपकुलपतिमा प्राडा. कार्की आउनु भए पछि प्रक्रिया रोकिएको प्रष्ट पार्नु भयो । बुधबार बस्ने भनिएको कार्यकारिणी समितिको बैठकमा चिकित्सक, कर्मचारीको प्रक्रिया अगाडी बढाउने भन्ने भए पनि उहाँले आफुुलाई निमित्तको पत्र दिएर विदामा बस्नु भएको प्राडा. शर्माले प्रष्ट पार्नु भयो ।  प्रतिष्ठानकाे  एन अनुसार कासमा निर्णय अधिकार उपकुलपतिलाई मात्र भएको समेत उहाँले बताउनु भयो । 

यता प्रतिष्ठानका रजिष्टार डा. सूर्यनाथ संग्रौलाले उपकुलपतिको निर्देशन अनुसार आफुले आज बैठक राखेको भए पनि उहाँ अनुपस्थित हुनु आश्चर्य भएको बताउनु भएको छ । विगतमा बढुवा रोक्नका लागि उहाँले नै लोकसेवा आयोगलाई पत्र पठाएकाले यति बेला आफै बढुवाको प्रक्रिया सुरु गर्न उहाँलाई नैतिक समस्या भएको बताउनु भयो । उहाँलाई केही सल्लाहाकारहरुले विगारे उहाँको मनमा डर पसेको पनि प्रष्ट पार्नु हुदैं प्रतिष्ठानको उन्नतिका लागि पदाधिकारी एक हुनुपर्ने बताउनु भयो । त्यसका लागि उपकुलपतिलाई सबै अधिकार भएकाले जिम्मेवार उहाँ नै हुने डा. संग्रौलाको भनाई थियो । 

हिजो शिक्षक कल्याण समाजले भेला गरि चरण वद्ध  आन्दोलनको घोषणा गरिएको समाजका अध्यक्ष डा‍. सेहराज खानले जानकारी दिनु भयो ।

प्रशासनको बेवास्ता निरास भएको उनीहरूले मंगलबार र बुुधबार ८ देखि १० बजेसम्म उपकुलपतिको कार्यलय अगाडि भर्ना बसेका छन् । भोली विहानसम्मको अल्टिमेटम दिदैं समस्या समाधान नभए चरणबद्ध आन्दोलन गर्ने डा. सोराजले बताउनु भएको छ । उपकुलपतिलाई प्रतिष्ठान प्रवेशमा रोक लगाउने उहाँले बताउनु भयो ।

 ४८ घण्टा भित्र पनि अन्तरवार्ताको तालिका प्रकाशित पुस २६ गते देखि हाम्रो स्थगित आन्दोलन पूर्ववत रूपमा पठनपाठन र परीक्षा सम्बन्धि सम्पूर्ण जिम्मेबारीहरु बहिष्कार गर्ने जनाइएको छ । अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने उनीहरूले जनाएका छन् ।

यता उपकुलपति कार्की भने पारिवारिक समस्याका कारण प्रतिष्ठानमा उपस्थित हुनु भएको छैन् । 

यसै विच यहाँको समस्या समाधानमा चासो राख्न माग गदैं सत्तारुद दलहरुको गठबन्धनले पनि बुधबार नै प्रतिष्ठान प्रशासनलाई ध्यानाकर्षण गराएको थियो ।