धरान / छैठौ नेवा च्यारेटि ८ के रनको महिला तथा पुरुष तर्फको उपाधि कान्छिमाया कोजु र तीर्थ पुनले जितेका छन् । तीर्थ बागलुङ डोरपाटनका हुन । यो उपाधी उनको तेश्रो हो । कान्छिमाया काठमाण्डौबाट आएकी हुन । उनी राष्ट्रिय धावक हुन ।
धरान रनको आयोजनामा शनिवार भानुचौकमा सम्पन्न ८ किलोमिटर दौड प्रतियोगितामा महिला तर्फका कान्छिमायाले ८ कि.मि दुरी ३१ मिनट ४८ सेकेन्डमा पार गरिन । पुरुष तर्फका तीर्थ पुनले २६ मिनट ४६ सेकेन्डमा पुरा गरे । त्यस्तै महिला तर्फ सन्तोसी श्रेष्ठले ३१ मिनट ३ सेकेण्ड र फुलमति राणाले ३२ मिनट ४६ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र तेस्रो भइन । प्रतियोगितामा २५ सय धावकहरुको सहभागतिा रहेको थियो ।  पुरुष तर्फ हरि रिमालले २७ मिनट १२ सेकेण्ड र टिकाराज कटुवालले २७ मिनट १३ सेकेण्डमा दुरि पार गर्दै दोस्रो र तेस्रो भए । विजेताहरुले जनही क्रमश नगद ४० हजार, ३० हजार र २० हजार रुपैया, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
त्यस्तै गरि सोहि दौडमा १२ वर्ष मुनिका प्रतिस्पर्धामा महिला तर्फ अनुजा प्रधान, विपासा राई र सुमेक्षा राई र पुरुष तर्फ विकास वुढा, वर्दान राई र दिपेस राई प्रथम, द्धितिय तृतिय भएका छन । १६ वर्ष मुनिको प्रतिस्पर्धामा महिला तर्फ सृजना राई, अमृता भण्डारी र वन्दना वुढा र पुरुष तर्फ प्रकास कथावत, समिर मोहोरा र नारायण कुमार प्रथम, द्धितिय र तृतिय र ४० वर्ष माथिका भेट्रान प्रतिस्पर्धामा महिला तर्फ रीता राई, गंगा गुरुङ्ग र धनमाया योङहाङ्ग र पुरुष तर्फ रेमन राई, निर्मल राई र मोहन सुव्वा क्रमश प्रथम , दृतिय र तृतिय भएका छन । उनीहरुले जनहि नगद ७ हजार , ५ हजार र ३ हजार रुपैया, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन ।
कार्यक्रमका विशिष्ट अतिथि नेपालका चर्चित म्याराथुन धावक हरि रोकायलाई कार्यक्रममा सम्मान गरिएको थियो । गत साल पाचौ नेवा ८के रनमा २ हजार २ सय जनाले दौडेका थिए । यो पटक २ हजार ५ सय जनाले दौडमा भाग लिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी गराए । सर्वाधिक सहभागीतामा दौडिने यो पहिलो प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।
गत साल देखि च्यारेटि रनवाट उठेको रकम शिक्षा कोषको स्थापना गरि शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजकले जनाएको छ । गत सालको प्रतियोगितावाट उठेको रकमवाट २ लाख ५० हजार रुपैयाको अक्षय कोष खडा गरिकेको पनि आयोजकले जनाए छ । धरान रन संस्थाले चार जना जेहेन्दार विद्यार्थी वालवलिकालाई छात्रवृति दिइरहेको र यस पटक यसलाई वढाएर १५ जना सम्म पुर्याउने लक्ष्य लिएको रनका संस्थापक सन्तोष राईले बताए । यसै पटक देखि वालवालिका तथा महिलाको आकस्मिक उपचार्थ नेवा च्यारेटि हेल्थ कोषको पनि स्थापना गरिने राईले बताए । 

27858708_10214211533835168_1613616239016578304_n 3