वि.सं. २०७४ साल मंसिर १३ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर २९ तारिख। नेपाल संवत् ११३८ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– एकादशी, २८:५८ बजेउप्रान्त द्वादशी।

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभ समाचार सुन्न पाइएला । रोकिएको धन प्राप्त हुनेछ ।

 

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नजिकको मित्रसंग भेटघाट हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला ।

 

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहसिकता बाट धनार्जन होला । व्यवसायमा लाभ होला ।

 

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको प्रस्ताब आउला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । मनोबल उच्च रहनेछ ।

 

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । पार्टि पिकनिक वा खानपिन समारोहमा सहभागी भइएला ।

 

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

 

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मंगल कार्यको योगछ । पारिवारिक समस्याका साथै स्वास्थ्यमा समस्या आउनेछ । बैदेशिक क्षेत्र सबल रहनेछ ।

 

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । मनोबल उच्च रहनेछ ।

 

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधुरा कामहरु पुरा हुनेछन् । प्रेम सम्वन्ध कसिलो हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ ।

 

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । मित्र संग मीठो भेट घाट रहला । व्यवसायबाट लाभ हुनेछ ।

 

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अरुको मन जित्न सफल भएपनि व्यापार व्यवसायमा लगानी नगर्दा वेश होला ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सजिलै अरुको बिश्वास जित्न सकिनेछ । तिर्थयात्राको अवसर प्राप्त हुनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । - ज्यो.पं. नारायणप्रसाद दुलाल