धरान / नेपाली फुटबलर तथा रुस्लान थ्रिस्टार क्लबका कप्तान विक्रम लामा ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ । लामा शनिबार धरानमा भएको बुढासुब्बा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब बिरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । उनको दाहिने खुट्टा भाचिएकोले अप्रेसन गरिएको छ । शनिबार बुढासुब्बा गोल्डकप खेल्ने क्रममा घाइते भएका लामालाई धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ततकाल भर्ना गरि थप उपचारको लागि काठमाण्डौ लगिएको हो । उनलाई शनिवार नै काठमाडौ लगिएको बताइएको छ ।
थ्रिस्टारका कप्तान बिक्रम लामाले गरेको शसक्त प्रहारमा पुलिसका निरकुमार राईले खुट्टा थाप्दा लामाको दाहिने खुट्टा भाच्चिएको थियो । उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । सोही क्रममा खेलाडीबीच भनाभन भएको थियो । खेलको २६ औं मिनेटमा पुलिसका कप्तान हेम तामाङ र थ्रिस्टारका विदेशी खेलाडी पिटर सेगुन बीच झडपको वातावरण सिर्जना भएपछि मूख्य रेफ्री कवन व्यन्जनकारले रातो कार्ड दिएका थिए । रातो कार्ड पाएका उनीहरुले मैदान छाडेपछि १०–१० जनाले खेलेका थिए । ।