धरान / आहा–रारा उचालेको ठिक ७ दिनपछि नेपाल पुलिस क्लवलाई थ्रिस्टार क्लवले २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा बद्ला लिएको छ । धरानमा जारी शनिवार भएको फाईनल खेलमा विदेशी खेलाडी अजय मार्टिनको एक मात्र गोलले थ्रीस्टारले उपाधी चुमेको छ । पहिलो हापको इन्जुइरी समयमा रञ्जीत धिमालको फ्रि किकलाई डिबक्स एरियाबाट विपक्षी किपरलाई छक्काउदै सानदार गोल गरेका थिए ।
थ्रीस्टार आहा–रारामा भोगेको पराजयलाई उल्टाउन जितसँगे नगद ६ लाख हात पारेको छ । उपविजेता पुलिस क्लवले ३ लाख हात पा¥यो । योसँगै थ्रिस्टारले बुढासुब्बामा पाँचौं पटक उपाधि उचाल्न सफल भएको छ । विभागीय टिम नेपाल पुलिस क्लवलाई १–० गोलले थ्रिस्टारले यो सिजनको मध्यतिर दुई ठूला उपाधि चुम्न सफल भएको हो । उसले दुई साता अघि सर्वाधिक पुरस्कार राशिको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि पनि जितेको थियो । पोखरामा पुलिसले थ्रीस्टारलाई १–० ले नै हराएको थियो ।
राखेप च्याम्पियनसीप र १६ औैं आहा–रारा गोल्डकप विजेता पुलिसको लागि यो फाइनल निक्कै कठिन भयो । माघ २० गते आहा–रारा उचालेको पुलिसले माघ २७ गते मैदानमा उही प्रतिद्धन्द्धी पाएको थियो ।
थ्रीस्टारका टिम क्याप्टेन घाईते:खेलमा विवाद
दुवै टिम विचको इगोको कारण खेलमा विवाद हुदा मैदानमा कुटाकुटसमेत भएकोे थियो । खेलका २५ औ मिनेटमा थ्रीस्टारका क्याप्टेन विक्रम लामालाई पुलिस क्लवका १२ नंं.का रवि पासवानले ठोकाउदा लामाको खुट्टा भाचिएको थियो । उनको नलिखुट्टा भाचिदा ५ मिनेट खेल अवरुद्ध भयो । सोही विषयलाई लिएर दुई टिम विच हानाहान भएको थियो । हानाहानमा संलग्न पुलिसका हेम तामाङ र थ्रीस्टारका पिटर सेगुनलाई रेफ्रीले रेड कार्ड दिएका थिए । घाईते लामालाई तत्काल उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । हार्ड जोर्नी विभागमा उनको उपचार भईरहेको छ ।
दुवै टिमको खेल आक्रमण र रफ
एकातिर राष्ट्रिय खेलाडीले भरिभराउ थ्रिस्टार र अर्को्तिर युवा खेलाडीले भरिभराउ पुलिस विचको खेल कुनै इगोको रुपमा खेलिरहेको दर्शकहरुलाई भान परिरहेको थियो । पहिलो हापमा थ्रीस्टारले दवावमा पुलिसलाई राखेको थियो । १३ औ मिनेटमा निराजन खडेकाले गरेको सशक्त प्रहार किपरले क्लियर गरि दिए । १६ औ मिनेटमा निराजनकै प्रहार असफल भयो । २६ औ मिनेटमा अजय मार्टिनको वन भर्सेव वन प्रहार विपक्षी किपरसँग ठोक्किएर बाहिरियो । दोश्रो हापमा भने थ्रीस्टारले खेल रणनीति पविर्तन गरेर रक्षात्मक रुपमा अघि बढ्यो ।
१९ औं बुढासुब्बा गोल्डकप उचालेको पुलिसले पनि धेरै अवसरहरु सदुपयोग गर्न सकेन । ६ औ मिनेटमा तेज तामाङले पाएको कर्नर सदुपयोग गर्न सकेनन । ५६ औ मिनेटमा पाएको अर्को कर्नर पनि असफल भयो । ५७ औ मिनेटमा रेजिन सुब्वाले गरेको सशक्त प्रहार किपरले पन्च गर्दे बाहिर पठाए । ८२ आ मिनेटमा दिनेश राजवंशीको क्रस पासमा सुुमन लामाले गरेको बाइसाइकल भलिकिक खेर गएको थियो ।
८५औ र ८६ औ मिनेटमा पाएको अवसर पुलिसले सदुपयोग गर्न सकेन । दोश्रो हापमा थ्रीस्टारलाई दवावमा राखे पनि पुलिसले सशक्त प्रहार गर्न भने अवसर पाएन ।
‘हाम्रा खेलाडीहरुले राम्रो खेले । समयमा स्कोर निस्कियो ।’ थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले भने । पहिलो हाफमा पुलिसमाथि हावी भएको थ्रिस्टार दोस्रो हाफमा चल्न सकेनन् । दोस्रो हाफमा पुलिसकको एकोहोरो दवाव खेपेको थ्रिस्टारले रक्षात्मक खेल्दा ४ मिनेटमा रेजिन सुब्बाको प्रहारलाई गोलरक्षक एलन न्यौपानेले जोगाए । प्रहरीले गोलका अवसर बुन्न नसक्दा आहा–राराको शाख जोगाउन सकेन भने दोहोरो ह्याट्रिकको सपना पनि तुहियो । ‘खेलाडीहरुले सक्दो प्रयास गरे । तर, स्कोर निस्किएन । फुटबल हो । स्कोर निस्किएन भने हारिन्छ ।’ पुलिसका प्रशिक्षक अनन्त थापा मगरले भने ।
प््रतियोगिताको म्यान अफ दी म्याच थ्रीस्टारका मार्टिन भए । प्रतियोगिताको हाई स्कोर तथा म्यान अफ द टुनामेन्टको उपाधी थ्रीस्टारका निराजन खड्का भए । उनले खेल अवधीभर ३ गोल गर्न सफल भएका थिए । नगद २५ हजार र यामाहाको वाईक पाए । उत्कृष्ट गोलकिपर थ्रीस्टारकै एलन न्यौपाने भए । उत्कृष्ट डिफेन्स थ्रीस्टारकै लाभन ओलावाले भए । बेष्ट कोच थी्रस्टारका मेगराज केशी भए । उत्कृष्ट मिडफिण्डर पुलिसका सुमन लामा भए । उत्कृष्ट स्टाइगर पुलिसका रेजिन सुब्वा भए । उदयमान खेलाडीको उपाधी धरानका रोमण लिम्बुले पाए । उनीहरुले नगद २५÷२५ हजार प्राप्त गरेका छन् । विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदेश नं. १ का प्रमुख डा. गोविन्द सुब्वाले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।