वि.सं. २०७४ साल माघ २७ गते। शनिबार। इश्वी सन् २०१८ फेब्रुवरी १० तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– दशमी, १६:३२ बजेउप्रान्त एकादशी। नक्षत्र– ज्येष्ठा, २१:४२ बजेउप्रान्त मूल। योग– व्याघात, १३:५३ बजेउप्रान्त हर्षण। करण– भद्रा, १६:३२ बजेदेखि वव, २९:३१ बजेउप्रान्त वालव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– वृश्चिक, २१:४२ बजेउप्रान्त धनु। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २७ घडी ३७ पला।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । रुलाई प्रभावित पारेर काम बन्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बिवाद एवं चिन्ता बढ्नेछ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्नेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गरेका काममा ढिलासुस्ती हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आत्मिक सन्तुस्टि मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभदायक यात्रा रहला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक कार्य अघि बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ । आत्मिक सन्तुस्टि मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमको उचित मुल्याङन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ । - ज्यो.प. नारायणप्रसाद दुलाल