धरान / खेलेको अन्तिममा इन्जुरी टाइम्मा विष्णु गुरुङ चम्किदा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकप विहीबार भएको प्रतिया्गितामा थ्रीस्टार क्लव उपाधि नजिक पुगेको छ ।
दोश्रो हापमा अनन्त तामाङको सट्टामा मैदानमा छिरेका गुरुङको एक मात्र गोलले फाईनलमा टिमलाई पु¥याउन सफल भएको हो । उपाधिका लागि थ्रिस्टारले विभागीय टोली नेपाल पुलिस क्लव काठमाडौंसँग खेल्ने छ । यी दुई टोलीले १६ औं आहा–रारा गोल्डकपमा भेट गर्दै विजेता र उपविजेता बनेर फर्किएका छन् ।
पाहुँना टोली पिएसआर दुर्गापुर स्टील एफसी कोलकत्तालाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै फाइलनमा पुगेको हो । खेलेको ८१ औं मिनेटमा रक्षापंक्तिका खेलाडी अनन्त तामाङको सट्टामा उनी मैदानमा छिरेका हुन । गुरुङले निर्धारित समयको ९३ औं मिनेटमा निर्णायक गोल गरे । गालेकिपर एलेन न्यैपानेले सेन्टरबाट फ्रि किक प्रहारलाई बुद्ध चेम्जोङले नियन्त्रणमा लिएर गुरुङलाई पास मिलाइदिए थिए । उक्त पासलाई गुरुङले दोहोरो प्रहारमा जाली चुमाए । पहिलो प्रहार विपक्षी गोलरक्षक विशाल खोइतको हातमा लागेर रिबाउन्ड भएको बललाई गुरुङले पुनः प्रहार गर्दै पोष्टको दिशा दिएका थिए । खेलको म्यान अफ दी म्याच थ्रीस्टारका गोलकिपर न्यौपाने घोषित भए ।
खेलमा शुरुदेखि नै विपक्षि टिमलाई दवावमा राखे पनि कुनै गोल गर्न भने सकेको थिएन । विपक्षी गोलपोष्टमा गरेको आधा दर्जन बढी प्रयास विफल हुँदा थ्रिस्टार दवावमा परेको थियो । थ्रिस्टारले पूर्वाद्धको १२, १७, १८, ३५, ४३ मिनेटमा गरेको शसक्त प्रहार निरथक भए । उत्तराद्र्धको ५२, ५३, ६५, ७२, ७८, ८०, ८१ मिनेटमा गरेको प्रहार पनि विफल हुन पुग्यो । पटक पटक पाएको कर्नर सदुपयोग गर्न चुके ।
रक्षात्मक रुपमा उत्रिएको पाहुँना टोलीले थ्रिस्टारका खेलाडीहरुको दवावलाई बारम्बार झेले पनि इन्जुरी समयको १ मिनेट बाँकी छँदा गुरुङ हिरो सावित भए ।
‘टाइममा स्कोर ननिस्कदा खेलाडीहरु प्रेसरमा खेल्न पुगेँ ।’ थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले भने । थ्रिस्टारले अहिलेसम्मकै खराव प्रदर्शन गरेको प्रशिक्षक केसीको बुझाई छ । ‘धेरै साथीहरुले बधाई दिलनु भयो तर ‘थ्रिस्टारको गेम बधाई खाने लायकै भएन् ।’–उनले भने ।
पूर्वाद्धको १२ औं मिनेटमा बुद्ध चेम्जोङको क्रसपासमा विदेशी खेलाडी अजय मार्टिनको हेड असफल भयो । १७ औं मिनेटमा विश्वास श्रेष्ठलाई लडाएपछि डिबक्स क्षेत्रमा पाएको फ्रिकिकमा रन्जित धिमालको शसक्त प्रहारलाई विपक्षी गोलरक्षकले पन्च गर्दै जोगाए । लगत्तै बुद्धकै क्रसपासलाई अनन्त तामाङको हेड दोस्रो बार नजिकैबाट बाहिरिदा उनीहरुको भाग्य चम्कन सकेन ।
खेलको ६५ औं मिनेटमा बुद्ध चेम्जोङको क्रसपासलाई अजय मार्टिनले मिलाइदिएको बलमा अनन्त तामाङ गोल गर्नबाट चुके । बुद्ध चेम्जोङले ७२ औं मिनेटमा दिएको पासमा विश्वास श्रेष्ठको प्रहार दोस्रो बारमा लागेर रिबाउन्ड हुन पुग्यो ।
दर्शकको निकै सर्पोट पाएको थ्रीस्टारका लागि पाउना कोलकता निरन्तर रक्षा रणनीतिले आजित भएको थियो
।  पाहुँना टोलीले खेलमा गतिलो मूभ बनाउन सकेन् । खेलको २६ औं मिनेटमा विवेक सिंहको पासमा विदेशी खेलाडी सेगुनको फितलो प्रहार बाहिरियो । २ मिनेट नबित्दै सेगुनको पासमा थ्रिस्टारका रक्षापंक्तिका खेलाडी विट हुँदा विश्वजितको प्रहार गोलरक्षक एलन न्यौपानेले पन्च गर्दै जोगाए । ४४ मिनेटमा सेगुनको फितलो प्रहार रक्षापंक्तिका खेलाडीले जोगाए ।
६० औं मिनेटमा बाबुलाल हास्दाको प्रहार गोलरक्षक एलन न्यौपानेले जोगाए । बाबुलालेले उष्कृष्ट खेल प्रदृशन गरेका थिए । विश्वजित मण्डलले ७३ औं मिनेटमा दिएको क्रस पासमा विवेक सिंहले सफल बनाउन सकेनन । डिफेन्स उत्कृष्ट भए पनि उनीहरुको विपक्षी गोलपोष्टमा शसक्त प्रहार हुन सकेन ।
मिडफिल्डका खेलाडीहरु कमजोर देखिए । रक्षापंक्तिका खेलाडीहरु प्रेसरमा खेल्नु परेका कारण हार व्यहोर्नु परेको दुर्गापुरका प्रशिक्षक पिन्टु सरकारले बताए । उनी आफ्ना खेलाडीहरुको प्रदर्शनप्रति सन्तुष्ट देखिएनन् । डिफेन्स राम्रो भए पनि स्कोर गर्न नसक्दा खेलाडी हत्तोसाही भए ।’–उनले भने । उपाधीका लागि साविक विजेता पुलिस र थ्रीस्टार विच शनिवार हुदैछ ।