काठमाडौँ  /   जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको आजको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले शर्मालाई आज सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सांसद शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । 

शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ । सीआईबीले पक्राउ परेकाविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाएको छ ।