काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई लेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी(ले पक्राउ गरेको छ । 

आज सीआईबीले  काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । माेरङ क्षेत्र नं. ३ का सांसद रहनु भएका शर्मा मेडिकल कलेज संचालक हुन । उहाँ पछिल्लो समय सुन काण्डामा पक्राउ गरेका केही व्यक्तिहरुको विषयमा वकालत गदैं आउनु भएको थियो । 

श्रोतका अनुसार उहाँलाई विमामा नक्कली कागज पत्र पेस गरेको उजुरी परेको बताइएको छ । 

यसअघि सांसद शर्माले सुन प्रकरणमा संलग्न मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै सुन तस्करी प्रकरणलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुदैं आउनु भएको थियो ।  गत साउन १० गते संसद बैठकमै उहाँले सुन तस्करीका मुख्य अभियुक्त नसमातिए संसद मै आमरण अनशन बस्ने चेतावनी पनि दिनु भएको छ ।