काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रिय ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेलाई खोजी खोजी पक्राउ गर्न थालेको छ ।

प्रहरीले पक्राउ हिजो डा.सुनिल शर्मालाई पक्राउ गरेको थियो भने पुनः डा. रामबाबु यादव, डा.रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरेको छ  । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पाँच जना पुगेको छ । 

अहिले पनि सीआईबीले अपरेशन जारी रहेको जनाइएको छ । कतिपय डाक्टरहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो ।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।