•  खगेन्द्र कार्की 

फत्तेपुर /  नेकपा एमाले सप्तरीले विभिन्न चार बुदेँ माग राख्दै  जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेकपा एमाले सप्तरीले विभिन्न ४ बुदे माग राख्दै मंगलबार जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत प्रम दाहाललाई ध्यानाकार्षण पत्र बुझाएको हो । नेकपा एमाले सप्तरी  जिल्ला अध्यक्ष ताराकान्त चौधरीको नेतृत्वमा गएको टोलीले   ध्यानाकर्षण  पत्र बुझाएको हो । एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानहरुलार्इ,  क्षतिपुर्तिको ब्याबस्था गर्नु पर्ने, सम्पुर्ण किसानको जग्गामा सिचाइको ब्यवस्था गर्नु पर्ने, मल खाद्यको ब्यावस्था गर्नु पर्ने, पशुमा लम्पी स्किन नामक रोगबाट मरेका पशुको क्षतिपुर्ति दिनु पर्ने, पशुमा लम्पि स्किन नामाक रोगको अबिलम्ब रोकथाम र उपचारको ब्यवस्था गर्नु पर्ने तत्कालका लागि  माग राखिएको नेकपा  एमाले जिल्ला पार्टी सचिब देबनाथ यादबले  जानकारी दिनु भयो । 

प्रदेशको सबै भन्दा बढि खेति हुने जिल्ला सप्तरी रहेको र सबै भन्दा बढि जनता कृषि पेसामा आत्म निर्भर रहेकोले कृषि पेसामा ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको यादबले बताउनु भयो । सप्तरी जिल्लामा ७२ हजार हेक्टर जग्गा रहेको र त्यस मध्ये ६८ हजार हेक्टर जग्गा खेति योग्य रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। खडेरीका बाबजुद ८५ प्रतिसत जग्गामा रोपाइँ भएता पनि ५५ प्रतिसत रोपाइँ भएको जग्गा प्रत्येक्ष खडेरीको मारमा परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।  एमालेले नेपालको संविधान २०७२ को अनुसूची ६ मा प्रदेश र संघ सरकारको अधिकार र दायित्व अन्तर्गत कृषि तथा पशुपंक्षी विकासको जिम्मेवारी तोकिदिएको अवस्थामासमेत प्रदेश र संघ सरकारले किसानलाई पीडा बाहेक केही दिन नसकेको जनाएको छ ।  

नेपालको संविधान २०७२ जारी भइ तराईका आठ जिल्ला समेटेर गठन गरिएको मधेश प्रदेश सरकारको बितेको ६ वर्षको कामले संविधानले परिकल्पना गरेको अधिकार र जिम्मेवारी कार्यान्वयन नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । मधेशका जनताको समग्र विकास अगाडि बढ्न नसकेको ज्ञापनपत्रमा  उल्लेख छ ।

 एमालेले  जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई सचेत गराएको छ । वाढी, पहिरो र डुवान जस्ता समस्यामा क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पुर्व तयारी थाल्न ध्यानाकर्षण गराएको एमाले नेता दिवाकर देबकोटाले बताउनु भयो ।  नेकपा एमालेले साउन २३ गते  मधेश प्रदेशका ८ वटै  जिल्लाका जिल्ला  प्रशासन कार्यलयमार्फत आआफ्नो जिल्लाका समस्या सहित  ज्ञापन पत्र वुझाएको नेकपा एमाले केन्द्रीय सचिव तथा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराईले जानकारी दिनुभएको छ ।