सप्तरी  / अग्नीसार कृष्ण सवन गाउँपालिकास्थित जण्डौलमा एक दिने निशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

आशिष इङ्लिस बोर्डिङ स्कुल र विजयपुर नेटवर्क प्रालि धरानको सहकार्यमा भएको स्वास्थ्य शिविरमा धरानस्थित विपी कोइराला स्वास्थ् विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले विहीबार बालबालिकाहरको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । शिविरबाट स्थानीय १०९ जना बालबालिकाहरु लाभान्वित भएको स्कुलका सञ्चालक कुवेर गुरुङले जानकारी दिनु भयो । 

स्वास्थ्यकर्मीहरु प्रसान्त थापा(एचए), प्रकाश थापा(अहेव) र संगीता चौधरी(अहेव)ले शिविरमा डा. सिंहलाई सहयोग गर्नु भएको थियो । डा. सिंहको पहलमा शिविरमा आएका बालबालिकाहरुलाई निशुल्क औधषीसमेत वितरण गरिएको थियो । 

sangita

डा. सिंहका अनुसार शिविरमा आएका बालबालिकाहरुमा निमोनिया, जुका, लुतो, छाला सम्बन्धि समस्या, एलर्जी, दम, झाडापखा, दाँतलालगायतको समस्या भएको पाइएकोथियो । जटिल समस्या भएका बालबालिकाहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा. सिंहले बताउनु भयो । 'केही बच्चाहरुमा निमोनिया देखियो, अधिकांशको दाातको समस्या छ । त्यस्ता समस्या भएका बालबालिकाहरुलाई विपी प्रतिष्ठान ल्याउन सुझाव दिएको छु ।'- डा.  सिंहले भन्नुभयो । डा. सिंहले विद्यालयलाई माक्स, सेनिटाइजर, औधषीलगायतका समानसमेत विद्यालयलाई उपलब्द गराउनु भएको थियो । 

sibirबाल रोग विशेषज्ञहरुसँग सहकार्य गरेर विद्यालयमा नियमित बर्षमा ४ पटक शिविर संचालन गदैं आएको विद्यालयका प्रिन्सिपल घुरण चौधरीले जानकारी दिनु भयो । बालबालिकको नियमित स्वास्थ्य परीक्षण र प्राथमिक उपचारको लागि विद्यालयले अहेव संगीता चौधरीलाई नियुक्ति समेत गरेको छ । 

ashis school

sivir

dr arun