धरान /  धरान उपमहानगरपालिकाको सबै भन्दा ठूलो वडा १५ ले गत आर्थिक बर्ष २०७९/०८० को पूूर्वाधार बजेटबाट ठूला तथा साना गरि ४८ वटा सडक निर्माणको काम गरेको छ । १० वटा फराकिला सडक कालोपत्रे निमार्ण कार्य सम्पन्न भएको वडाले जनाएको छ । 

 शुक्रबार शिक्षा सदनको सभा हलमा भएको गत आर्थिक बर्षको समिक्षा तथा चालु आर्थिक बर्षको बजेट सार्वजनिक कार्यक्रममा वडाध्यक्ष नरेसकुमार इवारामले लक्ष्य अनुसारको काम सम्पन्न गरिएको बताउनु भयो ।  मापदण्ड पुरा नभएका दुई वडा सडक याेजना भने  सम्पन्न हुन सकेनन् ।

गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको कुल बजेट १ अर्ब ७० करोड हुँदा वडा १५ ले २ करोड ९२ लाख प्राप्त गरेको थियो । त्यसमध्ये ३८ लाख रुपैया अघिल्लो आर्थिक बर्षको दायित्वमा परेको थियो । प्राप्त गरेको बजेट मध्ये ०७८/०७९ सालको पनि दायित्व ३८ लाख रहेको हुदा उक्त दायित्व कटाएर २ करोड ५४ लाख बजेटले  ४८ वटा निर्माणका योजना सम्पन्न  भएकाे उहाँले बताउनु भयो । 

लक्षित वर्गका लागि १ करोड २ लाख र पूर्वधार निमार्णमा १ करोड ५२ लाख खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । 

चालुबर्ष नगरबाट १ करोड ९० लाख मात्र प्राप्त 

चालु आर्थिक वर्ष ०८०/८१ मा धरानको कुल बजेट १ अरब ७१ करोड रहेको छ । करिव ३० हजार जनसंख्या भएको ठूलो वडाले  १ करोड ९० लाख मात्रै बजेट पाएको छ । यो जना संख्या सबै मापदण्ड पुरा गरेको साना नगरपालिका सरहको हो । सामान्य गाउँपालिकाको बजेट पनि ३० करोड माथि हुनेको छ । तर झण्डै तीन सय किमी सडक सञ्जाल भएको अत्याधिक घरधुरी र जनसंख्या भएको वडाले एक करोड ९० लाख मात्र बजेट पाएको हो । 

वडाले २ करोड ९२ लाख पाउनुपर्ने माग गरिए पनि नपाएको वडाध्यक्ष इवारामले बताउनु भयो । बजेट बनाउने क्रममा कार्यपालिका बैठकमा धेरै नै रस्साकस्सी भएको पनि उहाँले बताउनु भयो । बजेट बनाउदा टिएलओमा वृहत छलफल गर्नु पर्ने भए पनि उपमहानगरले यो बर्ष भने छलफल गरेन । तर वडाका राजनीतिक दलका प्रतिनिधि र वडाका जनप्रतिनिधीहरुबीच बजेटको विषयमा छलफल भएको उहाँले जानकारी गराउनु भएको थियो ।  

उहाँका अनुसार चालु आर्थिक वर्षका लागि वडा १५ ले पाएको बजेट १ करोड ९० लाख मध्ये लक्षित र पूर्वधार निर्माण तर्फको ४१ लाख ५० हजार दायित्व भएको पनि वडाअध्यक्ष इवारमले जानकारी दिनुु । उक्त दायित्व कटाएर ७५ लाख रुपैया मात्र पूर्वधार विकासमा रहेको वडाले जनाएको छ ।

याे बर्षा पूर्वाधारमा ४५ लाख मात्र 

 गत बर्ष पूर्वाधार विकासमा एक करोड ५२ लाख खर्च गर्दा ४८ वटा योजना सम्पन्न गरेको वडाले यो आवमा पूर्वाधार विकासमा जम्माजम्मी ४५ लाख मात्र छुट्टिएको वडाले जनाएको छ । उपमहानगरले कम बजेट दिएका कारण यस आर्थिक बर्षमा लक्ष्य अनुसारको काम गर्न समस्या हुने देखिएको वडाध्यक्ष इवारामले बताउनु भयो ।

यसैगरि, लक्षित कार्यक्रम अन्र्तगत महिला, बालबालिका, जेष्ठनागरिक, अपाङ, दलित, सामाजिक भवन, विपत्तलगायत क्षेत्रका लागि ४४ लाख बजेट छुट्याइएको छ ।  चालु खर्च तर्फ ३६ लाखको बजेट विनियोजन गरिएको छ ।  

कार्यपालिका सदस्य एवं सामाजिक विकास समितिकी संयोजक तथा वडा नं १५ की सदस्य सृजना नेपालले लक्षित कार्यक्रमतर्फ गरेको काम र उपलब्धीबारे जानकारी गराउनुभएको थियो । जेष्ठ नागरिकलाई सम्मान र सामग्री वितरण, २२ वटा महिला समुहको क्षमता विकासका लागि ४ दिने तालिम दिएको उहाँले बताउनु भयो । धरानमा महिलाका लागि पञ्चेबाजा बजाउने तालिम दिएर समुह स्थापना गरिएको, ब्युटिसियन आधारभुत र एण्डभान्स तालिम दिइएको, मेकानिक तालिम, ढाकाको झोला बनाउने तालिम, बाल सञ्जाललाई विभिन्न तालिमहरु वडाले आयोजना गरेको उहाँले जानकारी दिनु भएको छ । 

कार्यक्रममा सहभागी वडाबासीहरुले धरानमा महामारीकोरुपमा फैलिएको डेंगु नियन्त्रणबारे वडाबाट प्रभावकारी कार्यक्रम संचालन गर्न सmाव दिनुभएको थियो । डेंगु नियन्त्रणका लागि विशेष अभियान जचालउन जनप्रतिनिधिहरुलाई सुझाव दिनुभएको थियो । ु

 झण्डै तीन करोड राजस्व संकलन 

१५ नं. वडाले आर्थिक बर्ष २०७९/८० मा एक करोड ९० लाख ४६ हजार राजस्व संकलन गरेर उपमहानगरलाई बुझाएको । गति आर्थिक बर्षमा  पनि एक करोड ४६ लाख राजस्व संकलन गरेर उपमहानगरलाई बुझाएको थियो । यो बर्ष थप ४६ लाख राजस्व संकलन वृद्धि गरेर उठाउन सफल भएको छ ।

वडाले सम्पति कर, भूमी कर, व्यवसाय कर, बहाल कर, विविध करलगायतको शीर्षकमा राजस्व संकलन गदैं आएको छ । 

बार्षिक एक करोड ९० लाख ४६ हजार राजस्व मात्रै उठाउने १५ ले उपमहानगरबाट बजेट भने यो आर्थिक बर्ष २०८०/८१ का लागि १ करोड ९० लाख मात्र बजेट पाएको छ ।