धरान । धरान उपमहानगरको बजेट बनाउने बेलामा निकै लफडा चल्यो । मेयर र उपमेयर व्यक्तिगत कोष राख्न अड्डी कसे । नगरको विकासका लागि वडाध्यक्ष्यहरुले वडा वडामा बजेट जानुपर्छ भने माग राखे । असार १० मा आउनुपर्ने बजेट असार २५ मा बल्लतल्ल आयो । त्यो पनि वडामा जाने बजेट खुम्चिएर आयो ।

धरानका २० वटा वडा मध्य सबै भन्दा ठूलो वडा १५ नं. वडाले उपमहानगर दिने बार्षिक प्रशासनी तथा विकास बजेट भन्दा धेरै राजस्व उठाएर उपमहानगरलाई बुझाउदैं आएको पाइएको छ । 

झण्डै ३० हजार हाराहारी जनसंख्या भएको १५ नं. वडाले आर्थिक बर्ष २०७९/८० मा एक करोड ९० लाख ४६ हजार राजस्व संकलन गरेर बुुझाएको छ । गति आर्थिक बर्षमा  पनि एक करोड ४६ लाख राजस्व संकलन गरेर उपमहानगरलाई बुुझाएको थियो । यो बर्ष थप ४६ लाख राजस्व संकलन वृद्धि गरेर उठाउन सफल भएको छ ।

बार्षिक एक करोड ९० लाख ४६ हजार राजस्व मात्रै उठाउने १५ ले उपमहानगरबाट बजेट भने यो आर्थिक बर्ष २०८०/८१ का लागि १ करोड ९० लाख मात्र बजेट पाएको छ । 

आफुले पाउने बजेट भन्दा बढी राजस्व संकलन गर्ने वडामा बजेट पठाउन मेयर उमेयरले र्याल चुहाए पनि हाम्रो कतव्र्य पुरा गरिरहेका वडा कार्यालयले जनाएको छ । सबै कर्मचारी, जनप्रतिनीधिहरुले मेहनेत गरिरहनुभएको छ । तर राजस्व जसरी वडावासीहरुले तिरिरहनुभएको छ, त्यही अनुसारको उहाँहरुलाई सुविधा दिनलाई उपमहानगरले बजेट कटौती गरिदिएको छ ।, वडाध्यक्ष नरेसकुमार इवारामले भन्नुभयो । 

वडाले सम्पति कर, भूमी कर, व्यवसाय कर, बहाल कर, विविध करलगायतको शीर्षकमा राजस्व संकलन गदैं आएको छ । वडाले विजुलीको मिटरको सिफारिसबाट पनि राजस्व संकलन गदैं आएको थियो । मेयर हर्कराज राईले बाटो भएर नगरमा तानेर उत्त विषयलाई विद्युत प्राधिकरणलाई पत्र काटिदिए पछि । प्राधिकरण केन्द्रले विजुली जडानका लागि स्थानीय तहको कुनै सिफारिस नलिए पनि प्राधिकरणले विजुली जडान गरिदिन सक्ने भन्ने निर्णय गरिदिए पछि उपमहानगरको राजस्व गुमेको छ ।  

धरान १५ नं. वडाले  भने राजस्व संकलन चाही बढाउदैं लगेको छ । तर वडाले पाउने बजेट भने खुम्चिदैं गएको छ । १५ वडाका वडा सचिव नारायण राईका अनुसार गत आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले २ करोड ९२ लाख रुपैयाँ वजेट नियोजन गरेको थियो । यो आर्थिक वर्षमा वजेट घटेपछि वडाको योजनाहरु खुम्चिएका छन् ।  वडा कार्यालयले दिएको जानकारी अनुसार वजेटको भोल्युम खुम्चिएपछि १ करोड ९० लाख वजेटबाट ७५ लाख पूर्वाधार विकास, ४४ लाख लक्षित वर्ग, ३६ लाख १४ हजार चालु खर्च भनेर वजेटका कार्यक्रमहरु वनाएको छ । 

जस्ले गर्दा वडावासीको माग र चाहना अनुसार यो आर्थिक वर्षमा काम गर्न कठिनाई हुने वडाध्यक्ष इवारम बताउनु हुन्छ । 'गत साल भन्दा यसपाली वजेट घटेर आयो । हामीले सानो आकारमा नै एक वर्षको योजना वनाउनु पर्नेै वाध्यता रहेको छ । वडावासीको माग र चाहनाहरु धेरै छन् तर समिति वजेटका कारण समस्या हुने देखियो । - अध्यक्षा इवारामले भन्नु भयाे, -’मेयर उपमेयरले आम्दानी गर्ने वडाहरुलाई प्राथमिकतामा राख्न सकेनन् । आफ्नै व्यक्तिगत कोषतिर मात्र बढी जोडबल रहयो । जसले गर्दा वडाकाे विकासका लागि जाने बजेट घट्याे । याे सबै वडाहरुकाे समस्या हाे ।'

धरान वडा नम्बर १५ धरान उपमहानगरपालिकाको २० वटा वडा मध्ये क्षेत्रफलको हिसावले पनि ठूलो वडा हो । एक लाख ७३ हजार ९६ जनसङ्ख्या भएको धरान उपमहानगरको वडा नं= १५ मा मात्र झन्डै ३० हजार जनसङ्ख्या रहेको छ । यो सङ्ख्या एउटा गाउँपालिकाको भन्दा बढी हुन आउँछ ।  एक लाख ३ सय २४ मतदाता भएको उपमहानगरको धरान १५ मा मात्र १४ हजार ९०६ मतदाता रहेका छन् भने ५ हजार  ४ सय भन्दा बढी घरधुरी सङ्ख्या रहेको उपमहानगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।