धरान / जनसंख्याको आधारमा धरान उपमहानगरपालिकाको सबै भन्दा जेठो १५ नंं वडाले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । एक बर्षमा एक करोड ३९ लाख ७ हजार ९४५ रुपैया आम्दानी गरेको छ । 

जनताको सेवा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर वडाले गत असारसम्म साढे २ किमी सडक कालो पत्रे गरेको छ । २.२ किमी सडकको स्तरोन्नती गरेको छ । त्यस्तै १ किमी सडकमा ढलाई र टायल लगाएको छ । 

कार्यालयले सबै भन्दा धेरै नागरिकताको सिफारिस गरेको छ । एक हजार १६३ वटा नागरिकता सिफारिस गरेको छ । घर बोटो सिफारिस, ७ सय ९०, नाता प्रमाणित २०९, व्यक्तिगत घट्ना दर्ता  एक हजार २५८ वटा र सम्बनध विच्छेदको घट्ना ४४ वटा गरेको वडा कार्यालयले जनाएको छ । 

यस्तै आम्दानीको मुख्य श्रोत सम्पति कर, मालपोत, व्यवसाय कर घरबहाल कर र सिफारिस गरेर  २३ हजार ५६८ संख्यामा काम गरेको छ । वडाध्यक्ष नरेश इवारामका अनुसार गत आर्थिक बर्षमा १ करोड ३९ लाख राजस्व संकलन गरेको छ । १५ नं. वडामा घर बहाल कर, व्यवसायी कर र घर जग्गा सिफारिसबाट सबै भन्दा धेरै आम्दानी भएको छ । सबै भन्दा धेरै आन्तरिक राजस्व संकलन गर्ने वडा १५ नं. वडा भएको उपमहानगरले जनाएको छ ।  

वडाका चालु स्वीकृत योजना ५९ मध्य ५० वटा योजनाहरु सम्पन्न गरेको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो । ती सबै योजनाहरु उपभोक्ता समिति मार्फत सम्पन्न भएका छन् ।  

बालबालिका लक्षित १५ वटा कार्यक्रम मध्य ९ वटा मात्र सम्पन्न गरेको छ । महिला लक्षित ७ वटा कार्यक्रम सम्पन्न गरेको छ ।  आन्तरिक श्रोतको बजेट निकास उपमहानगरले गर्न नसक्दा ८ वटा योजनाहरुको ३१ लख भुक्तानी अघिल्लो बर्षको दायित्व यस बर्ष सरेको वडा कार्यालयका लेखा अधिकृत गौरी रायले जानकारी दिनु भएको छ । कार्यालयले प्रशासनिक खर्च १३ लाख ५८ हजार ५६४ रुँपैया गरेको छ । आन्तरिक राजस्व संकलन र योजना सम्पन्न गर्ने सबै वडा भन्दा १५ नं. वडा अगाडी देखिएको छ । 

naresh 1

आन्तरिक श्रोतको बजेट उपमहानगरले समयमा दिन नसके पछि गत बर्ष उल्लेख्य काम भएको वडाध्यक्ष इवारामले बताउनु भएको छ । 

वडाध्यक्ष इवारामका अनुसार वडाले आर्थिक बर्ष २०७९/०८० का लागि पूर्वाधार विकास र सामाजिक विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाएको छ । उपमहानगरले यस बर्षका लागि २ करोड ९२ लाख १२ हजार बजेट छुट्टाएको छ । त्यस मध्य पूर्वाधार विकासमा सबै भन्दा धेरै २ करोड १४ लाख २३ हजार ५ सय विनियोजन गरेको छ । यस्तै सामाजिक विकासमा ४७ लाख २८ हजार ६०० विनियोजन गरेको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २० लाख ९ हजार ९०० छुट्टाएको लेखा अधिकृत रायले दिनु भयो । योजनाहरु समय मै सम्पन्न गर्ने लक्ष्यसहित वडाले चालु आर्थिक बर्षका योजना तथा कार्यक्रमको उपभोक्ता समिति गठन प्रक्रियाका लागि सम्पर्क गर्न यही असोज १५ गतेसम्म मिति तोकिएको सचिव राईले जानकारी दिनु भयो । 

एक लाख ७३ हजार ९६ जनसंख्या भएको धरान उपमहानगरको वडा नं. १५ मा मात्र झण्डै ३० हजार जनसंख्या रहेको छ । यो संख्या एउटा गाउँपालिकाको भन्दा बढि हुन आउछ ।  एक लाख ३ सय २४ मतदाता भएको धरानमा १५ मा मात्र १४ हजार ९०६ मतदाता रहेका छन् भने ५ हजार  ४ सय भन्दा बढि घरधुरी संख्या रहेको उपमहानगरपालिकाको तथ्याङ्कमा उल्लेख छ । 

पाँच बर्षमा २६ करोड बजेट वडामा सदुपयोग  

पाँच बर्षको अवधीमा संघ, प्रदेश, नगर र विभिन्न दातृनिकायबाट आएको २६ करोड ९७ लाख बजेट १५ नं. वडाको विकासमा खर्चिएको वडाध्यक्ष इवारामले बताउनु भएको छ । ‘प्रदेश, संघ, नगरबाट राम्रै सहयोग भयो । सबै पार्टी, समुदायसँगको सहकार्यमा १५ नं. वडामा उल्लेख्य विकास भएको छ ।’–वडाध्यक्ष इवारामले भन्नु भयो । पाँच बर्षको अवधीमा ४ वटा सामुदायिक विद्यालयहरुको भवन निर्माण, स्तारोन्नती, शौचालय र खानेपानीको व्यवस्थापन भएको छ । ज्ञानचक्सु पूर्वाञ्जल विद्यालयमा ५० वटा कम्प्युटर प्राप्त भएका छन् । १५ नं. वडामा रहेका ७ सय वटा साना ठूला सडक मध्य १७६ वटा सडक कालो पत्रे भएको छ । ४५ वटा सडकमा ड्रेन निर्माणका काम भएका छन् ।  १२८७ जना सुकुम्वासीले घर नं. पाउनु भएको छ । ९० प्रतिशत भन्दा बढि नयाँ खानेपानीको धरान जडान गरिएको छ । 

15 wada

15 wada1

15 wad_