धरान  / परिवर्तनका लागि सामाजिक अभियान अन्तर्गत धरान १५ स्थित श्यामचौक सेवा समाजको भवनमा श्यामचौक युवा समुहको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।  

विशेषगरि मुटु, मधुमेह र उच्च रक्तचाप सम्बन्धि परीक्षण गरिने उक्त क्लिनिकमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहले ७० वर्ष भन्दामाथिका ८५ जना जेष्ठ नागरिकहरुको स्वास्थय परीक्षण गरिएको हो । 

शिविरको  उद्घाटन वडाध्यक्ष नरेश इवारामले गनुृ भएको थियो । संस्थादर्ता भएर थन्किएर बसेका हुन्छन, तर परिवर्तनका लागि सामाजिक अभियानले दर्ता भएकै महिनादेखि शुरु गरेर हालसम्म निरन्तर २० औं संस्करणसम्म कार्यक्रम आयोजना हुनु महत्वपूर्ण भएको वडाध्यष इवारामले बताउनु भयो ।  

अभियानले विगत ११ महिनादेखि निरन्तर रुपमा जेष्ठ नागरिकका लागि स्वास्थ्य शिविर गदैं आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निर्मला वास्तोलाले शिविरमा सहयोग गनुृ भएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिनु भयो । 

मुटु रोग विशेषज्ञ डा. साह हाल विराटनगरको विराट मेडिकल कलेजमा कार्यरत हुनु हुन्छ । उहाँले प्रत्येक शनिवार धरानका विरामीहरुको स्वास्थ्य परीक्षण गदैं आउँनु भएको छ ।