• नगिता लेप्चा राई
जीवनको अप्ठेरा सजिला गोरेटाहरूमा
जब जब बामे सर्दै गएँ, पाइला चाल्दै गएँ
थरि थरिका साथीहरू भेट्दै गएँ, चिन्दै गएँ
कतिले सही बाटो देखाए, कतिले गलत
धेरै चोटि लड़ेँ, कतिपल्ट साथीहरूले लड़ाए
र पनि आफ्नै बलबुतामा जबरजस्ती उभिएर
आफ्ना पाइतालाहरूलाई निरतन्तरता दिएँ ।
........................
रामायणमा पनि दुइ व्यक्तिहरू थिए
विभिषण र कैकयी
एउटै आमाको एउटै मुटुको सिरान लाएर सुत्ने
रावणजस्ता क्रूरको शासनमा जन्मिएर पनि 
सत्यको पक्षमा असत्यको विरोधमा लाग्ने
उदाहरणीय व्यक्ति थिए
कैकयी राजा दशरथकै सिरानका साथी भए पनि
उनको मति सप्रिएन।
यसको अर्थ
मान्छे बिग्रिनु र सप्रिनु मान्छेको स्वाभाव
र सोँच मात्र ।
.................
सीता सही सलामत लोग्नेकहाँ फर्किए पनि
लोग्नेको शङ्कामा अग्निपरीक्षामा होमिनु पऱ्यो
मर्यादा पुरुष रामको सोँच थियो
तर रावणको मर्यादा कदरणीय थियो ।
..........................
जबदेखि प्रत्येकको चूल्हा बेग्ला बेग्लै भयो
त्यतिबेलादेखि बालापनसँगै
दाजु भाइ एक अर्कामा पाहुना भए
नियत जति नै राम्रो किन नहोस्
दुनियाँले तिमीलाई देखावटी ठान्छ
देखावटी जति नै बनावटी किन नहोस्
ईश्वरले तिम्रो नियतलाई चिन्छ ।
...........................
पर्छार्ने लड़ाउने अऩेकन् हुन्छन्
आफ्नो लक्ष्य स्थिर राख
पाइला लक्ष्यतिर लम्काउन
निरन्तरता देऊ
कुकुरहरू ता मान्छे नचिनेरै भुक्छन्
भुक्नेलाई भुकिरहन देऊ
लड़ाउने र पछार्नेहरू आफै थाक्छन्
प्रचण्ड घामलाई जति नै हत्केलाले छेक्ने कोशिष
गर हत्केलाले घामको उज्यालोलाई कहाँ छेक्न सक्छ र ?
.................
तिम्रो सङ्घर्षमा साथ दिने कोही हुँदैनन्
तिम्रो असफलतामा रमाउने धेरै हुन्छन् 
आफ्नो पाइतालालाई लक्ष्यतर्फ लान निरन्तरता दिए
तिम्रो सफलता अवश्यमभावी छ
तिम्रो जित अवश्यै छ
र मात्र तिम्रा हात समाउने थुप्रै हुन्छन्
तिमीलाई पछार्ने र लड़ाउनेहरू
तिम्रो हात छोड़दैनन् 
तिम्रो साथ छोड़्दैनन्
बलेको आगो सबैले ताप्छन्
निभेको ठुटोलाई कसले पो याद गर्छन् ।